logo

एनएमबी बैंकद्वारा ‘एक प्रदेश एक महिला’ ब्रान्च घोषणा

    1180   पटक पढिएको

७ भदौ/अर्थ र व्यापार – एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ ।
बैंकले राजधानीमा आयोजित ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रमको अवसरमा सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो । तर हाललाई कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा एक महिला ब्रान्च घोषणा गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा महिला ब्रान्च घोषणा गरेका हुन् । यी ब्रान्चहरुमा ब्रान्च म्यानेजरदेखि सम्पूर्ण स्टाफ महिला मात्र हुनेछन् ।
घोषणा अनुसार बागमती प्रदेशको बल्खु ब्रान्चमा प्रफुल्ला मानन्धर रहेकी छन् भने प्रदेश नम्बर १ को ब्रान्च म्यानेजर टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरी शाखामा मालिका ठाकुर, गण्डकी प्रदेशको चौथो शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा सिता भुसाल र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा नन्दकुमारी भण्डारी ब्रान्च म्यानेजर रहेका छन् ।
बैंकका अनुसार कर्णाली प्रदेशमा भने तीनवटा मात्र ब्रान्च रहेका हाललाई महिला ब्रान्च तोकिएको छैन् । देशभर एनएमबी बैंकका २०१ शाखा कार्यालय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।