logo

बिटक्वाइन सहितका भर्चुअल करेन्सीको कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

    1129   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमा लगानी नगर्न चेतावनी दिएको छ ।
राष्ट्र बैंकले सूचना जारी गरेर देशभित्र र बाहिर बिटक्वाइन, क्रिप्टोकरेन्सी, हाइपर फन्ड लगायतका कुनै पनि कारोबार गर्ने व्यक्ति र कम्पनीलाई कारबाही गरिने चेतावनी दिएको हो।
देशभित्रका व्यक्ति तथा कम्पनी, विदेशी संस्था, देशबाहिर बसोबास गर्ने नेपाली, नेपालमा दर्ता भई विदेशमा रहेका फर्म, कम्पनी र संस्था यस्ता कारोबारमा संलग्न भएमा, प्रयोग, सदस्यता, स्वामित्व ग्रहण गरेमा वा माइनिङ, विप्रेषण गरेमा कानून अनुसार कारबाही गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकलले यसअघि नै विभिन्न मितिमा यस्ता कारोबार गैरकानूनी रहेको तथा अत्याधिक जोखिम भएकाले कारोबार नगर्न सचेत गराउँदै आएको थियो। यस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी, ठगी, कर छली, पुँजी पलायन, सट्टेबाजीजस्ता जोखिम अन्तरनिहीत रहेको पनि जानकारि दिएको छ ।
नेपालमा बिटक्वाइनसहितका भर्चुअल करेन्सीले मुद्राको रूपमा कानूनी मान्यता पाएको छैन। यसमा केन्द्रीय ब्यांकले कुनै पनि सुरक्षण दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।