logo

मोबाइल बैंकिङमा नेपालीको आकर्षण बढ्यो, एकवर्षमै १२ खर्ब १० अर्ब रुपैयाँको भुक्तानी

    1099   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार – नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग तथा आकर्षण ह्वात्तै बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आफ्ना सेवाहरु सरल तरिकाले उपलब्ध गराउनका लागि छुट्टाछुट्टै एप निर्माण गरी बैंकिङ सेवा दिने गरेका छन् ।
जसका कारण हरेक बैंकिङ सेवाग्राहीहरुको हात हातमा यसको सुविधा पुगेपछि यसबाट हुने भुक्तानी पनि उल्लेख्य हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी मोबाईल बैंकिङबाट मात्रै १२ खर्ब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको साउन १ गतेदेखि असार मसान्तसम्म मोबाइल बैंकिङ सेवाको प्रयोग गरी सेवाग्राहीले उक्त भुक्तानी गरेका हुन् ।
यस अवधिमा मोबाइल बैंकिङबाट १८ करोड १५ लाख ४५ हजार पटक भुक्तानी भएको देखिन्छ । १ बर्षमा मोबाइल बैंकिङमार्फत भएको झुक्तानीलाई महिनागत तुलनामा हेर्दा सबैभन्दा बढी भुक्तानी असार महिनामा भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार असार महिनामा मात्रै मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

यस्तो भुक्तानी अघिल्लो महिना जेठमा भने जम्मा १ खर्ब २१ अर्व रुपैयाँमा सिमित थियो । यसरी हेर्दा प्रत्येक महिना मोबाइल बैंकिङमार्फत हुने भुक्तानी बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षभरी क्युआर कोडमार्फत ९४ अर्ब ५० करोड ८० लाख, वालेट मार्फत १ खर्ब ८४ अर्ब र ईकमर्शका लागि ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यसले सरकारको नगद करोबार हटाउने अभियानलाई निकै साथ दिएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले यसलाई सकारात्मक रुपमा लिएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।