logo

बैंकका पूर्व सीईओ भट्टराइलाई कर्जा तिर्न नबिलको ताकेता

    985   पटक पढिएको

२५ साउन/अर्थ र व्यापार – बैंकर्सको रुपमा सफल व्यक्ति अरु व्यवसायमा असफल हुन सक्छन् । यस्तो उदाहरण अहिले नविल बैंकले एक बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ( सिईओ) कृष्णकुमार भट्टराई माथी प्रस्तुत गरिदिएको छ ।
यस्ता उदाहरण भट्टराई माथी मात्र नभएर बेलाबखत अन्य व्यक्तिहरु माथी भई हुँदै आइरहेको छ । नबिल बैंकले शुक्रबार प्रकाशित गरेको ‘ऋण कर्जा चुक्ता भुक्तान गर्ने ३५ दिने सूचना’मा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्टराईको नाम पनि उल्लेख छ ।
सो सूचनामा नबिलले अमरसिद्धि ह्याच प्रा.लि.को नाममा ३५ दिने सूचना जारी गरेको छ ।
त्यसका सञ्चालक र जमानतकर्तामा कृष्णकुमार भट्टराई, प्रयागराज काफ्ले, राजेन्द्र कुमार श्रेष्ठ र चेतना घिमिरे छन् । घिमिरे भ्याली कोल्ड स्टोरका सञ्चालक श्रीकृष्ण घिमिरेकी छोरी हुन् । अमरसिद्धि ह्याचले कुखुराको दाना उत्पादन गर्दै आएको छ ।
यि विभिन्न नामहरु मध्ये भट्टराई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल राष्ट्र बैंकले समस्याग्रत घोषणा गरेपछि गोर्खा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका भट्टराईले धेरै वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा काम गरेका थिए । त्यतिबेला उनलाई धेरैले राम्रो बैंकर्सको रुपमा राम्रो लिन्थे । त्यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका, नेपाल विकास बैंकर्स संघको अध्यक्ष, प्रदेश सांसद हुँदै सूदुरपश्चिम प्रदेशको अर्थमन्त्री भएको झपट बोहारालाई पनि एक बैंकले कर्जा तिर्न ३५ दिने सूचना जारी गरेको थियो ।
त्यसअघि राष्ट्र बैंकका पूर्व गभर्नर तथा नविल बैंकका पूर्व अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ पनि कर्जा तिर्न नसकेर कालोसूचिमा परेका थिए ।
कर्जा तिर्न बैंकले ३५ दिने सूचना प्रकाशित गर्नु ऋण आर्थिक संकटमा परेको अवस्था हो । यसरी कालोसूचिमा परेपछि बैंकबाट कर्जा लिन, सार्वजनिक पद धारण गर्न पाइदैन । कतिपय अवस्थामा सार्वजनिक सेवा लिन पनि निषेध गरिएको हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।