logo

बैंकका पूर्व सीईओ भट्टराइलाई कर्जा तिर्न नबिलको ताकेता

    1285   पटक पढिएको

२५ साउन/अर्थ र व्यापार – बैंकर्सको रुपमा सफल व्यक्ति अरु व्यवसायमा असफल हुन सक्छन् । यस्तो उदाहरण अहिले नविल बैंकले एक बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ( सिईओ) कृष्णकुमार भट्टराई माथी प्रस्तुत गरिदिएको छ ।
यस्ता उदाहरण भट्टराई माथी मात्र नभएर बेलाबखत अन्य व्यक्तिहरु माथी भई हुँदै आइरहेको छ । नबिल बैंकले शुक्रबार प्रकाशित गरेको ‘ऋण कर्जा चुक्ता भुक्तान गर्ने ३५ दिने सूचना’मा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्टराईको नाम पनि उल्लेख छ ।
सो सूचनामा नबिलले अमरसिद्धि ह्याच प्रा.लि.को नाममा ३५ दिने सूचना जारी गरेको छ ।
त्यसका सञ्चालक र जमानतकर्तामा कृष्णकुमार भट्टराई, प्रयागराज काफ्ले, राजेन्द्र कुमार श्रेष्ठ र चेतना घिमिरे छन् । घिमिरे भ्याली कोल्ड स्टोरका सञ्चालक श्रीकृष्ण घिमिरेकी छोरी हुन् । अमरसिद्धि ह्याचले कुखुराको दाना उत्पादन गर्दै आएको छ ।
यि विभिन्न नामहरु मध्ये भट्टराई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनी नेपाल राष्ट्र बैंकले समस्याग्रत घोषणा गरेपछि गोर्खा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका भट्टराईले धेरै वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा काम गरेका थिए । त्यतिबेला उनलाई धेरैले राम्रो बैंकर्सको रुपमा राम्रो लिन्थे । त्यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका, नेपाल विकास बैंकर्स संघको अध्यक्ष, प्रदेश सांसद हुँदै सूदुरपश्चिम प्रदेशको अर्थमन्त्री भएको झपट बोहारालाई पनि एक बैंकले कर्जा तिर्न ३५ दिने सूचना जारी गरेको थियो ।
त्यसअघि राष्ट्र बैंकका पूर्व गभर्नर तथा नविल बैंकका पूर्व अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ पनि कर्जा तिर्न नसकेर कालोसूचिमा परेका थिए ।
कर्जा तिर्न बैंकले ३५ दिने सूचना प्रकाशित गर्नु ऋण आर्थिक संकटमा परेको अवस्था हो । यसरी कालोसूचिमा परेपछि बैंकबाट कर्जा लिन, सार्वजनिक पद धारण गर्न पाइदैन । कतिपय अवस्थामा सार्वजनिक सेवा लिन पनि निषेध गरिएको हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।