logo

एनसीसी बैंकको खुद नाफा ५२ प्रतिशतले बढ्यो

    764   पटक पढिएको

९ साउन/अर्थ र व्यापार – नेपाल क्रेडिट एण्ड कर्मश (एसीसी) बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा २ अर्ब २ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।
बैंकद्वारा प्रकाशित गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसारसो अवधिमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १३.२३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
यसैगरि, गत आवको असार मसान्तसम्म बैंकले १ खर्बै ३४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ४ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंकले ५ अर्ब १४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
गत आवमा बैंकको खुद नाफा ५० प्रतिशतबढीले वृद्धि गर्न इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा सहयोग भएको देखिन्छ । सो अवधिमा बैंकले ४३ करोड १६ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको हो।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ७९ पैसा, मूल्य आम्दानी रेसियो ११.६२ र तरलता अनुपात २४.९६ प्रतिशत रहेको छ । साथै, गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.९३ प्रतिशत, बेसरेट ९.२० प्रतिशत, स्प्रेडदर ४.०६ प्रतिशत, सीडी रेसियो ८६.५६ प्रतिशत र कस्ट अफ फण्ड १२.१२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।