logo

साढे ४ अर्ब नाघ्यो एनआईसी एसिया बैंकको नाफा

    1132   पटक पढिएको

५ साउन/अर्थ र व्यापार– गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि उल्लेख्य सुधार भएको छ । प्राथमिक पुँजीको नपुग्दा आब २०७७/०७८ को मुनाफाबाट लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाउँदा बैंकको गत आबमा चुक्ता पुँजी बढेको छैन ।
जसले गर्दा नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा बढेको छ । अघिल्लो आबमा २८ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ । यसैगरि, बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७६ पैसाबाट बढेर २१७ रुपैयाँ ५२ पैसा पुगेको छ । गत आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तार नुहुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको हो ।
अघिल्लो आमा ३.७३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर गत आबमा ४.४ पुगेको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी नै बढेको हो । गत आबमा बैंकको निक्षेप दुई खर्ब ८७ अर्ब दुई करोड ४८ लाखबाट एक प्रतिशतले २ खर्ब ८९ अर्ब ९० करोड ४० लाखबाट पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ४८ अर्ब ७७ करोड ४ बाट १.४८ प्रतिशतले बढेर दुई खर्ब ५२ अर्ब ४४ करोड ३५ लाख पुगेको छ ।
तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा ९ अर्ब २२ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा ११ अर्ब ७७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ ।
यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटाएको छ । अघिल्लो आबमा एक अर्ब २२ करोड ५६ लाख प्रोभिजन गरेको बैंकले गत आबमा ८७ करोड दुई लाख मात्रै प्रोभिजन गरेको छ ।
गत आबमा खुद ब्याज आम्दानी सँगै अन्य आम्दानी पनि बढेको बैंकको प्रोजिभन घटेको छ । जसले गर्दा खर्च उल्लेख्य रुपमा बढे पनि बैंकको सञ्चालन मुनाफा बढेको छ ।
बैंकको सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४० करोड ९९ लाख पुगेको छ । बैंकको अघिल्लो आबमा ४ अर्ब ७९ करोड ८२ लाख पुगेको छ । ११ अर्ब ५६ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको सेयरधनी सञ्चित कोषमा चार अर्ब ५४ करोड १७ लाख र जगेडाकोषमा १० अर्ब ८८ लाख रहेको छ ।
असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ । यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.८४ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत पुगेको छ । निष्कृय कर्जा ०.५ प्रतिशतबाट ०.४९ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १२.४७ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षका बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।