logo

एनएमबि बैंकको ईक्रा नेपाल रेटिङमा स्तरोन्नति

    953   पटक पढिएको

१४ बैशाख/अर्थ र व्यापार – ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तर बृद्धि गरी ‘इक्राएनपी–आईआर ए’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।
ईक्रा नेपाल लिमिटेड भारत स्थित इक्रा लिमिटेड अफ इण्डियाको सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ एजेन्सी हो ।
विगतका बर्षहरुमा विभिन्न संस्थाहरुसंग भएको मर्जर तथा प्राप्तीको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरुको संख्यामा उल्लेख्य बृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको बृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज ब्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको बृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङ्गमा स्तर बृद्धि गर्दै इक्राआईआर ए रेटिङ प्रदान गरेको हो ।
कोभिड–१९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखनिय सुधारहरुले गर्दा यो स्तर बृद्धि सम्भव भएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।