logo

सिटिजन्स बैंकको आर्थिक सहयोग कर्णालीका विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा

    1239   पटक पढिएको

८ चैत/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर सो सहयोग गरेको हो । सो बैंकले आगामी ७ बैशाखमा १५ औँ वार्षिकोत्सव मनाउदै छ ।
यस अन्र्तगत बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई पँचास हजार रुपैयाँका साथै जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय प्राबिधिक धारलाई एकलाख रुपैयाँ मात्र सहयोग गरेको छ ।
यसैगरि, हुम्ला जिल्लाको लालिगुँराश मावि, कोट मावि तथा हिमज्योती मावि प्रत्येकलाई ३३ हजार ३ सय ३३ रुपैयाँ हस्तानतरण गरेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन आर्थिक सहयोग प्रदान गरेको सो बैंकले जनाएको छ ।
बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई पँचास हजार रुपैयाँ हस्तान्तरण गरेको छ । यस सहयोगले त्यहा रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने छ । यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरूलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनि उपलब्ध गराउन मद्दत गर्ने सो बैंकले जनाएको छ ।
बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई पँचास हजार मात्र हस्तान्तरण गरेको छ । यस रकम त्यहाँ आवश्यक विभिन्न सर सामानहरु खरिद गर्नकालागि उपयोग हुने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।