logo

माछापुच्छ्रे बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    1067   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमो शनिबार त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आयोजित विशेष कार्यक्रममा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाई ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो । माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो ।
त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १ सय ६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १ सय ५७ शाखारहित बैंकिङ सेवा, २०१ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।