logo

बैंकहरुको सीडी रेसियो ९०.५४% कायम, निक्षेप पनि बढ्न थाल्यो

    1425   पटक पढिएको

२० पुस/अर्थ र व्यापार– वाणिज्य बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा पनि सुधार देखिएको छ । गत महिना ९२ प्रतिशतसम्म पुगिसकेको सीडी रेसियो अहिले ९०.५४ प्रतिशत कायम भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पुसको तेस्रो साता बैंकिङ क्षेत्रकै सीडी रेसियो ९०.५४ प्रतिशत कायम भएको हो । तर, वाणिज्य बैंकहरुको भने ९१.०२ प्रतिशत छ । बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपछि सीडी रेसियोमा पनि सुधार देखिएको हो ।
नेपाल बैंकर्स संघका अनुसार पुसको तेस्रो साता सम्ममा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत मंसिरको तुलनामा बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको हो । बैंकहरुले गत मंसिर मसान्तसम्म कुल ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
यस्तै, बैंकहरुको कर्जा लगानी पनि १५ अर्ब रुपैयाँले बढेको छ । गत मंसिर महिनासम्म ४० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पुसको तेस्रो सातासम्म कुल ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकले पूँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो)लाई खारेज गरेर सीडी रेसियो कायम गरेपछि बैंकहरुमा तरलता अभाव भएको र बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको धेरैको बुझाई छ । तर, राष्ट्र बैंकले सो व्यवस्थाले तरलताको अभाव नभएको बताउँदै आएको छ ।
सीडी रेसियोको व्यवस्था नगरेको भए बैंकिङ प्रणालीमा थप ठूलो समस्या आउने थियो भन्ने तर्क राष्ट्र बैंकको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७९ को असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभित्र ल्याइसक्न निर्देशन दिएको छ । त्यसैले पनि बैंकहरुले सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा ल्याउन प्रयास गरिरहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।