logo

राष्ट्र बैंकले चालु पुँजी कर्जाकालागि छुट्टै मार्गदर्शन जारि गर्ने 

    1203   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जाका लागि छुट्टै मागर्दशन जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले ’चालु पुँजी कर्जा सम्बन्धी एकीकृत मार्गदर्शन २०७८’ को मस्यौदा तयारी गरी तयसका लागि सुझाव मागेको छ ।
केन्द्रीय बैंकको प्रस्तावित मस्यौदामा चालु पुँजी कर्जाका लागि एककरोड रुपैयाँसम्म र त्यसभन्दा माथि सीमा निर्धारण गर्दै सोहीअनुसार मापदण्ड तयार गर्नेगरी प्रस्ताव गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जाको औचित्यता, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले यो मार्गदर्शन जारी गर्न लागिएको र मार्गदर्शनको कार्यान्वयनबाट बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको सदुपयोगिता सुनिश्चित हुने, सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने र कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने विश्वास गरिएको सो प्रस्तावित मस्यौदामा उल्लेख छ ।
प्रस्तावित मस्यौदाअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल एककरोड रुपैयाँसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै कर्जा सीमा कायम गनुपर्ने उल्लेख छ । 
एककरोड रुपैयाँ भन्दा बढीको चालुपुँजी कर्जाको सीमा निर्धारण गर्दा स्थायी अथवा अस्थायी आवश्यकता हो त्यसको पहिचान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । तत्कालका लागि आवश्यक पर्ने अस्थायी चालुपुँजी कर्जाको हकमा वार्षिक अनुमानित कारोबारको अधिकतम २० प्रतिशतले भन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्न सकिने र यस्तो कर्जाको अवधि एक वर्ष वा सोभन्दा कम हुनुपर्ने प्रस्ताव गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ । तर, स्थायी प्रकृतिको चालु पुँजी कर्जाको हकमा पाँच वर्षको अनुमानित वित्तीय विवरण र ३ वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरणको विश्लेषण गरी प्रदान गर्न सकिने उल्लेख छ । यस्तो कर्जा ५ वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने गरी मस्यौदा तयार भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक हुँदा विविधिता मात्र नभई कर्जाका लागि ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको छ । निरीक्षण तथा सुपरीवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता यकिन गर्नसमेत कठिन हुने गरेकाले चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरूपता कायम गर्नु, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउनु र कर्जा सदुपयोगिता यकिन गर्न सकिने आधारभूत पद्धति विकास गर्नु यस मार्गदर्शनको उद्देश्य रहेको छ । 
बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जा सम्बन्धी नीतिले कर्जा सुरक्षणका लागि आवश्यक पर्ने चल सम्पत्तिको मात्रा तथा मार्जिन स्पष्ट खुलाउनुपर्ने गरी मस्यौदा तयार गरीएको छ । यस्तो कर्जाका लागि चल सम्पत्तिबाहेक अन्य कुनै पनि प्रकारको स्थिर वा अचल सम्पत्ति (जस्तैः घर, जग्गा आदि) सुरक्षण आवश्यक नहुने पनि सो मार्गदर्शनमा उल्लेख छ ।
एक करोड रुपैयाँ सम्मको चालु पुँजी कर्जाका लागि ग्राहक स्वयंबाट प्रमाणित मासिक विवरणका आधारमा कर्जा स्वीकृत गर्न सकिनेछ । यसैगरि, एककरोड रुपैयाँ देखि ५ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जाको हकमा ऋणी संस्थाको आन्तरिक लेखापरीक्षकबाट प्रमाणित मासिक विवरण र पाँच करोड रुपैयाँ भन्दा बढी कर्जाको हकमा अर्धवार्षिक रूपमा स्वतन्त्र लेखापरीक्षकबाट प्रमाणित विवरण आवश्यक पर्नेगरी मस्यौदा तयार भएको राष्ट्र बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।