logo

सहकारीमा तरलताको संकट आउन नदिन सहकारी बैंकले खडा गर्यो २ अर्बको कोष , विना धितो पनि ऋण पाइने

    1110   पटक पढिएको

११ पुस / अर्थ र व्यापार – राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सहकारी क्षेत्रमा तरलताको समस्या आउन नदिन बैंकको सञ्चालक समिति बैठकले कोष नै खडा गरेर काम गर्न थालेको हो । सहकारी बैंकका अनुसार सहकारी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुमा भएको जस्तो तरलताको संकट सहकारी क्षेत्रमा पनि आउन नदिनका लागि बैंकले ‘तरलता व्यवस्थापन कोष स्थापना गरेको हो । बैंकले सो कोषका लागि कार्यविधि नै बनाएर अगाडि बढिरहेको बैंकका अध्यक्ष केवी उप्रेतीले बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावका कारण सर्वसाधारणलाई ऋण पाउन समस्या भएको । 
व्यवसायीहरुलाई पनि व्यापार विस्तारसँगै व्यवसाय जोगाउन पनि समस्या भइरहेको भन्दै त्यो समस्या सहकारी क्षेत्रमा आउन नदिनको लागि कोष स्थापना गरेको उनले बताए ।
उप्रेतीका अनुसार बैंकले २ अर्ब रुपैयाँको कोष स्थापना गरेको हो । ‘अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको ठूलो संकट छ, यो संकट बैंक तथा वित्तीय संस्थाहरुकै कारण सिर्जना भएको हो, तर, हामी सचेत छौं, सहकारी क्षेत्रलाई तरलता संकटको मारमा पार्न नदिन हामीले तरलता व्यवस्थापन कोष स्थापना गरेका हौं,’ उप्रेतीले भने ।
उनका अनुसार बैंक्ले सो कोष परिचालनका लागि बनेको कार्यविधिमा उल्लेख मापदण्ड अनुसार नै सहकारीहरुलाई ऋण दिइनेछ । ‘हामीले कार्यविधि नै बनाएर सहकारीहरुमा तरलताको कारणले समस्या नआओस् भनेर यो कोष खडा गरेका हौं, कोष मार्फत अत्यावश्यक भएकोलाई नै लगानी गरिने हो, अत्यावश्यक वाहेकको कर्जा अन्य मापदण्डमार्फत जान्छ, तर, अत्यावश्यक हो, ऋण दिन मिलेन, धितो पनि छैन भने यो कोष मार्फत लगानी गर्छौं,’ अध्यक्ष उप्रेतीले भने ।
उप्रेतीका अनुसार यो कोषमा विनाधितो ऋणको पनि व्यवस्था गरिएको छ । उनले विनाधितो लगानी गर्ने सहकारीहरुको विगतको कारोबार हेरेर ऋण लगानी हुने बताए ।
‘सहकारीमा तरलताको अभाव भयो भने हामीसँग कारोबार गर्ने सहकारीको हिजोको दिनमा कस्तो कारोबार थियो ? निक्षेप कति थियो ? लगानी कस्तो थियो ? यी विभिन्न अवस्थाहरु हामीले अध्ययन गर्छौं, यदि सो सहकारीलाई तरलताको कारण नै कुनै लगानी गर्न अर्थात व्यवसाय विस्तार गर्न समस्या भइरहेको छ, उ सँग धितो पनि छैन भने हामीले त्यस्ता सहकारीलाई विनाधितो नै ऋण लगानी गर्छौं, हाम्रो मुख्य ध्येय भनेको तरलताको अभावको कारणले उनीहरु बन्द हुने अवस्था नआओस् भन्ने हो,’ उनले भने ।
उनले अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरु जस्तो सहकारीमा तरलता नभएको पनि बताए । अहिले सहकारीमा तरलताको खासै संकट नभएपनि पछि आउने संकटलाई मध्येनजर गर्दै कोष स्थापना गरेको उनको भनाई छ । सहकारीहरुलाई एक करोडसम्मको ऋण विनाधितो दिन सकिनेछ । ‘१ करोड हो भने धितो नराख्नु पर्ने हुन्छ, ५ करोड रुपैयाँ हो भने धितो राख्नु पर्ने हुन्छ,। यसका लागि हामीले कार्यविधि नै बनाएर मापदण्डहरु तोकेका छौं, उनले भने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।