logo

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरलाई सञ्चय कोषले राष्ट्र बैंकलाई पठायो पत्र 

    1622   पटक पढिएको

६ पुस/अर्थ र व्यापार – कर्मचारी सञ्चय कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोष सकारात्मक भएको प्रतिक्रिया दिएको छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोषको तर्फबाट कुनै अवरोध नभएको स्पष्ट पारेको हो ।
कोषले राष्ट्र बैंकलाई पत्र पठाउँदै कोष दुई बैंकको मर्जरमा आफु सकारात्मक रहेको प्रष्ट पारेको हो । कर्मचारी सञ्चय कोषका एक सञ्चालकका अनुसार कोषले हालसम्म बैंकहरुको मर्जर बारे कुनै अवरोध नगरेको र कोष मर्जरप्रति सकारात्मक रहेको भन्दै राष्ट्र बैंकलाई पत्र पठाएको हो ।
‘सञ्चय कोषले कहिल्यै पनि मर्जरको विपक्षमा बोलेको छैन, दुई बैंकको मर्जर नै होस् भन्ने हामी चाहन्छौं, तर, सञ्चयका कोषको लगानीको प्रतिफल र सुरक्षा हुनु पर्छ भन्ने हाम्रो भनाई हो, हामीले पहिले पनि मर्जर हुनु पर्छ भनेका थियौं, अहिले पनि भन्छौं,’ कोष स्रोतले भन्यो ।
राष्ट्र बैंकलाई पठाएको पत्रमा कोष दुई बैंकको मर्जरप्रति सकारात्मक भएको तर सञ्चयकर्ताको लगानी सुरक्षित र लगानी अनुसारको प्रतिफल हुनु पर्ने धारणा उल्लेख गरेको स्रोतको भनाई छ । 
यसअघि हिमालयन बैंकको अध्यक्षका रुपमा सञ्चय कोषको तर्फबाट तुलसी प्रसाद गौतम थिए । तर, गौतमलाई सरकारले कोषको प्रशासकबाट पदमुक्त गरेपछि बैंकको सञ्चालकको रुपमा कोषका कार्यवाहक प्रशासक जितेन्द्र धिताल छन् भने बैंकको अध्यक्ष्यमा प्रचण्डबहादुुर श्रेष्ठ रहेका छन् ।
श्रेष्ठ बैंकको अध्यक्षका रुपमा नियुक्त भएपछि बैंकको मर्जर प्रक्रियाले गति लिन सकेको थिएन । तर, आइतबार बसेको हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरिसकेको छ । 
हिमालयन बैंकका सञ्चालक आशिष शर्माले आगामी बिहीबार हिमालयन बैंकको संचालक समितिको अर्काे बैठक बस्ने र सो बैठकले साधारणसभाको मिति तोक्ने बताए । उनका अनुसार अब दुई बैंकको मर्जर प्रक्रिया अगाडि बढ्नेछ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जानकालाग गत २० बैशाखमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।