logo

कोभिड प्रभावित गरिब देशको आर्थिक विकासकालागि विश्व बैंकको ९३ अर्ब डलरको राहत प्याकेज ,यस्तो राहत नेपाललाई पनि

    1588   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासकालागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ ।
कोभिड–१९ महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न यस्तो सहयोग घोषणा गरिएको हो । जसमध्ये २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका देशहरूले प्रतिवद्धता गरेका हुन भने बाँकी पुँजी पुँजीबजार, साँवा भुक्तानी र विश्व बैंकको आफ्नै तर्फबाट योगदान हुने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले बताए ।

यो प्याकेज दोस्रो विश्वयुद्धपछिको पुर्ननिर्माणका लागि घोषणा गरिएको प्याकेज जस्तै हो । विश्व बैंकले दोस्रो विश्वयुद्धपछि पुर्ननिर्माणका लागि यस्तै ठूलो प्याकेज ल्याएको थियो । नयाँ प्याकेजमा जापानले प्रतिवद्धता जनाइसकेको छ । 
अन्तर्राष्ट्रिय विकास संघको ६१ वर्षे इतिहासमा जापान सबैभन्दा ठूलो योगदानकर्ता हो । संघको स्रोत परिचालनको अद्वितिय मोडल अनुसार दातृ सहयोग १ डलरलाई उसले लेभरेजिङ्ग (अतिरिक्त स्रोत परिचालन) मार्फत ४ डलर बनाउँछ ।
विश्व बैंकका अध्यक्ष माल्पसले साझेदार देशहरूको उदार सहयोगले विकासका चुनौती सम्बोधन गर्दै करोडौं मानिसहरूको जनजीवन सुधार गर्न सकिने बताएका छन् । यो सहयोग नेपालसहित विश्वका ७४ देशले प्राप्त गर्नेछन् । खासगरी राजस्व परिचालन कमजोर भएका, ऋणको जोखिम उच्च रहेका, कमजोर र शिथिल साथै द्वन्द्वग्रस्त वा द्वन्द्वबाट बाहिर आएका, अस्थिरता धेरै भएका र साक्षरता कम भएका देशहरूले प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रिय विकास संघको यो सहायता मानव पुँजीमा लगानी, शिक्षा, स्वास्थ्य, पोषण, खोप, सामाजिक सुरक्षा र कमजोर मानिसहरूको सहयोगका लागि परिचालन गरिने बताइएको छ । संघको प्राथमिकतामा लैंगिक विषमता, रोजगारी सिर्जना, कमजोर अवस्था, द्वन्द्व र हिंसाको अन्त्य चाहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।