logo

हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि पुनः मागे समय

    1375   पटक पढिएको

२० मंसिर /अर्थ र व्यापार – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि थप समय माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्र पठाएका छन् ।
राष्ट्र बैंकले निर्धारण गरेको समयमा मर्जर प्रक्रिया पूरा गर्न नसकेपछि संयुक्त मर्जर समितिले पुनः म्याद थपका लागि राष्ट्र बैंकसँग आग्रह गरेको हो । ३० वैशाखमा यी दुई बैंकले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि तीन महिनाभित्र एकीकृत कारोबार शुरु गर्न राष्ट्र बैंकबाट अनुमति पाएका यी दुवै बैंकले तोकिएको समयमा मर्जर प्रक्रिया पूरा गर्न सकेनन् । त्यसपछि पुनः तीन महिनाका लागि राष्ट्र बैंकले समय थप गरेको थियो । थपिएको समयमा पनि मर्जर सम्पन्न हुन नसकेको भन्दै संयुक्त मर्जर समितिले राष्ट्र बैंकलाई पुनः समय थप गरिदिन पत्र लेखेको हो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले समय सकिनु एकदिन अगाडि आइतबार संयुक्त मर्जर समितिले राष्ट्र बैंकमा समय थप गर्न आग्रह गर्दै पत्राचार गरेको बताए ।
तोकिएको समयमा मर्जर हुन नसके स्पष्ट कारण खुलाइ राष्ट्र बैंकसँग अनुरोध गर्नुपर्छ । बैंकले खुलाएका कारण उचित लागेमा राष्ट्र बैंकले कारण अनुसारको समय थप गर्ने गरेको छ । ‘समय थप गरिदिन आग्रह गर्दै पत्र आइपुगेको छ, तर समय थप्ने वा नथप्ने, समय थपे कति समय थप्ने भन्ने विषयमा अब पत्र अध्ययन गरेर निर्णय हुन्छ’ उनले भने । यी दुई बैंकहरुबीच मर्जर हुन समय लाग्नुका पछाडि भने धेरै कारणहरु छन् । मर्जरको तयारी भइरहेका बेला हिमालयन बैंकको नेतृत्व नै परिवर्तन भएको थियो । बैंक स्रोतका अनुसार दुई बैंकहरुबीच अहिले मर्जर भाडिने खतरा बढेको छ । मर्जर सम्झौता गरिसकेपछि भाँडिने खतरा बढ्नुको महत्वपूर्ण कारण भने सरकार परिवर्तन हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनपछि अहिले हिमालयन बैंकका अध्यक्ष फेरिएका थिए । कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै तत्कालिन प्रशासक तुलसी गौतम बैंकको अध्यक्ष थिए । मर्जर सम्झौतामा गौतमले नै हस्ताक्षर गरेका हुन् । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि गौतम कर्मचारी सञ्चय कोषको प्रशासकबाट हटाइए ।
गौतमलाई सरकारले कोषको प्रशासकबाट हटायो, लगत्तै हिमालयन बैंकका सञ्चालकहरुले पनि गौतमलाई बैंक सञ्चालक समिति अध्यक्षबाट हटाएर प्रचण्डबहादुर श्रेष्ठलाई चयन ग¥यो । त्यसपछि भने मर्जर भाँडिने खतरा बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।