logo

राष्ट्र बैंकले ३ अर्ब ५ करोड मुद्दती खातामा लगानी गर्ने

    1231   पटक पढिएको

२० मंसिर / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले तोकिएको सर्तहरुको पालना गर्दै सो रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
जसकालागि नेपाल राष्ट्र बैंकले आगामी १ पुस देखि २०७९ सालको २९ मंसिरसम्म एक वर्षको अवधिका लागि मुद्दती खातामा सो रकम लगानी गर्न लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २ अर्ब ४४ करोड, विकास बैंकहरुलाई ४५ करोड ७५ लाख र ग वर्गका संस्थाहरुलाई १५ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको जानकारी दिएको छ ।
सो निक्षेप रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर सहितको आवेदन राष्ट्र बैंकमा बुझाउनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले आगामी २१ मंसिरको दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ ।
जसकालागि राष्ट्र बैंकले लगानी गर्न चाहेको रकम राख्नका लागि निक्षेप राख्ने संस्थाले तोकिएको सर्त पूरा भएको हुनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको संस्था मात्र यसका लागि योग्य हुनेछ । त्यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्नेछ।

त्यसैगरि, निक्षेप लिने बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको नपरेको हुनपर्ने सर्त सूचनामा तोकिएको छ । सो मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर गोप्य रुपमा मागेको छ भने अधिकतम ब्याजदर कबोल गर्ने बैंक वित्तीय संस्था लगानीका लागि स्वीकृत गरिनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।