logo

ग्लोबल आइएमई बैंकका ग्राहकलाई इन्टरनेट निःशुल्क

    977   पटक पढिएको

९ मंसिर/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । 
डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यस सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुनेछ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना गा्रहकहरुलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो ।
यस सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका हुन् ।
बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङ्गका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।