logo

ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक , कृषि मन्त्रालयसँगको सहकार्यमा ‘रिड’ परियोजना सार्वजनिक

    1407   पटक पढिएको

५ मंसिर/ अर्थ र व्यापार – नेपालको ग्रामीण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । एक कार्यक्रमका बीच ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड) परियोजना घोषणासम्बन्धी सम्झौता भएको हो । 
सो सम्झौतामा कृषिमन्त्री महेन्द्र राय यादव र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फरिस हदाद जर्भसले हस्ताक्षर गरेका हुन् । यस परियोजनामार्फत नेपालको ग्रामीण भेगमा कृषि क्षेत्रलाई स्थानीय बजारसम्म लिंक गराई पर्याप्त उद्यमशीलता तथा रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । 
यसले कोभिडपछिको पुनर्उत्थानलाई पनि सहयोग पुग्ने बताइएको छ । ८० मिलियन डलर अर्थात् हालको विनिमय दरअनुसार ९ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ विश्व बैंकको ऋणमा सञ्चालित हुने उक्त परियोजना आगामी चार वर्षसम्म काम गर्नेछ ।
यस परियोजनाले नेपालका ग्रामीण भेगमा उत्पादन गरिएका कृषि उपजलाई त्यहाँकै साना साना बजारसम्म पु¥याउन सहयोग पुग्ने मन्त्री यादवले बताए । कार्यक्रममा बोल्दै उनले अब ग्रामीण भेगमा उत्पादन गरिएका कृषि उपजलाई बजारको अभाव नहुने जानकारीसमेत दिए  । यो परियोजनाले साना पेसा, व्यवसायमा लागेका कृषक तथा व्यवसायीहरूलाई समेत सहयोग पुग्ने उनको भनाइ थियो ।
रिड परियोजनाले प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका निश्चित नगरपालिकालाई केन्द्रित गरी पाँचवटा आर्थिक करिडोर निर्माण गर्नेछ । जसले ग्रामीण भेगका अन्य उद्यमीलाई समेत जोड्न सहयोग पु¥याउनेछ । परियोजनाले ग्रामीण भेगमा कृषि उत्पादन वृद्धिसँगै ५ हजार ७ सय जनालाई रोजगारीसमेत सिर्जना गर्ने बताइएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।