logo

कुमारी बैंकका कामू सीइओ अनुजमणि तिमिल्सिनामाथि अनुसन्धान शुरु ,राजीनामा दिन चौतर्फी दबाब

    1543   पटक पढिएको

५ मंसिर /अर्थ र व्यापार – कुमारी बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनामाथि १९ करोड ऋण प्रकरणको विषयमा अनुसन्धान शुरु भएको छ ।
गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड ऋण निकालेका थिए । बैंकले धितोमा राखेको जग्गा नक्कली भएको भेटिएपछि महर्जनको अर्को जग्गा धितो राखेर ऋण उठाएको थियो । यो प्रकरणमा बिचौलियाको भूमिकामा रहेका कुसन महर्जन र तिमिल्सिनाको सम्बन्ध समेत भेटिएको छ । नक्कली धितो राखेर ऋणीले ऋण लिएपछि बैंकले प्रहरीलाई खबर गर्नुपर्ने थियो । तर,कुमारी बैंकले यो घटना लुकाउन खोजेको थियो । गायक योगेश्वर अमात्यले आफ्नो जग्गा धितो राखेर अरुले ऋण लिएको भन्दै प्रहरीमा उजुरी गरेपछि मात्र घटना बाहिर आएको थियो ।
अहिलेसम्मको अनुसन्धानको क्रममा कामू प्रमुख कार्यकारी अधिकृत रहेको तिमिल्सिनाले कमजोरी गरेको भेटिएको छ । ‘अहिलेसम्मको अनुसन्धानले तिमिल्सिना आफै संलग्न भएको पुष्टी नभएपनि उनले लापरवाही गरेको भेटिएको प्रहरीले जनाएको छ । 
अनुसन्धानलाई सहयोग गर्नको लागि तिमिल्सिनाले पद छाड्दा राम्रो हुन्छ,’राष्ट्र बैंक स्रोतले भन्यो । बैंकका सञ्चालक समितिले पनि तिमिल्सिनालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सहयोग गर्न भनेका छन् । कुमारी बैंकमा गत साउनदेखि तिमिल्सिना कामू सीइओको जिम्मेवारीमा छन् । साउनमा नै सो ऋण प्रवाह भएको भेटिएको छ । योगेश्वर अमात्यको जग्गा धितो राखेर ऋण लिने महर्जन र गौतम घरजग्गा व्यवसायमा संलग्न रहेको भेटिएको छ । 
कुमारी बैंकका कामू तिमिल्सिनालाई प्रहरीले २ पटकसम्म वयानका लागि बोलाएको थियो । अहिले नेपाल राष्ट्र बैंकले समेत कुमारी बैंकमा १९ करोड ऋण प्रकरणको विषयमा स्थलगत अध्ययन गरेको जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।