logo

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको निशुल्क सिम, २०० एमबी डाटा सहित

    1285   पटक पढिएको

२४ कात्तिक / अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन पाउने भएका छन । 
ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने भएका हुन ।
एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । 
ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारहरु, उनीहरुका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरुका लागि विशेष बचत खाता हो । यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजना सहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरुको फाइदा लिन सकिने सो बैंकले जनाएको छ ।
यस सम्झौता अनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्दछन् । यस योजना अन्तर्गतको सिम कार्डमा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स, ७ दिनको समयसिमा रहेको २० मिनेट अननेट टकटाइम, २० वटा अननेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्ने सो बैंकले जनाएको छ ।
यसैगरि, सिम सुचारु भएको पहिलो २ दिनमा भएको १०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १०० मिनेट अननेट टकटाइम र १०० एमबी डेटा प्राप्त गर्दछन् । प्राप्त सेवा, सुविधाहरु ७ दिनको लागि मान्य रहने बैंकले जनाएको छ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् ।
सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरुमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरुको फाइदा पनि लिन सकिने दावी गरिएको छ ।
इच्छुक विद्यमान् सहयात्री सिमका ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवा लिन सक्छन् । यो योजनाबाट फाइदा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आइएमईको शाखामा गई ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोलेर निःशुल्क सहयात्री सिम लिन पर्ने हुन्छ ।
१८ वर्ष वा सो भन्दा माथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरु यो योजनाको लागि योग्य रहेका छन् । ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन् । यो योजाना अन्तर्गतको खातामा ग्राहकले डेबिट कार्ड, एक वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरुको लाभ पनि लिन पाउने सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।