logo

नेपाल बैंकर्स संघको साधारणसभा २३ कात्तिकमा, आगामी अध्यक्ष को बन्दैछन ? 

    1462   पटक पढिएको


३ कात्तिक/ अर्थ र व्यापार – नेपाल बैंकर्स संघको साधारणसभा आगामी २३ कात्तिकमा हुने भएको छ । संघको आइतबार बसेको बैठकले सो दिन संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।  यस साधारणसभाले संघको २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । संघमा ९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये बरिष्ठ उपाध्यक्ष सहित ३ जना सदस्य अघिल्लो वर्ष मात्रै निर्वाचित भएकाले अब अध्यक्ष र पाँच जना सदस्य सहित जम्मा ६ जनाबीच मात्र निर्वाचित हुने छ ।  अघिल्लो वर्ष बरिष्ठ उपाध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय र सदस्यहरुमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोईराला र नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार डे निर्वाचित भएका थिए । 
संघमा बरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालको अध्यक्ष बन्ने नियम रहे पनि अघिल्लो कार्यकालदेखि सो नियम तोडिएको थियो । त्यसैले हाल बैंकरहरुबीच आगामी नेतृत्वकालागि संघमा नयाँ अध्यक्ष को हुन्छ भन्ने चासो सुरु भएको छ । यद्यपि अघिल्लो वर्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई भावी अध्यक्षको रुपमै बरिष्ठ उपाध्यक्षमा ल्याइएकोले उनैलाई अध्यक्षको प्रमुख दावेदारको रुपमा हेरिएको संघमा आवद्ध बैंकरहरुले बताएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।