logo

वाणिज्य बैंकहरूमा निक्षेपभन्दा कर्जा विस्तार तीन गुणा बढी

    1243   पटक पढिएको

१२ असोज / अर्थ र व्यापार – वाणिज्य बैैंकरूमा पछिल्लो समय लगानीयोग्य रकम (तरलता) अभाव भइरहेको बेला बैंकहरूले भने निक्षेपभन्दा कर्जा नै बढाएर बसेका छन् । असोज पहिलो साताको तथ्यांका अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन भदौ मसान्तको तुलनामा नौ अर्ब रुपैयाँले मात्रै बढेको छ ।
यो समयमा बैंकहरूको कर्जा प्रवाह भने ३१ अर्ब रुपैयाँले बढेको देखिएको छ । वाणिज्य बैंकहरूको यस्तो तथ्यांक अनुसार निक्षेपको तुलनामा कर्जा लगानी तीन गुणा भन्दा बढी पुगेको छ ।भदौ मसान्तमा वाणिज्य बैंकहरूले ४१ खर्ब ७१ अर्ब रुपैयाँ  निक्षेप संकलन गरेकोमा असोज पहिलो साता भने यस्तो निक्षेप संकलन ४१ खर्ब ८० अर्ब रुपैयाँ  पुगेको छ । यो अवधिमा बैंकहरूको कर्जा लगानी भने ३८ खर्ब ७२ अर्ब रुपयाँबाट ३९ खर्ब तीन अर्ब पुगेको पनि नेपाल बैंकर्स संघले उपलब्ध गराएको ८ असोज सम्मको तथ्यांकले देखाएको छ ।
वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्ष लागेपछि घटेको निक्षेप भने अझै पूर्ति हुन सकेको छैन् । वाणिज्य बैंकहरूमा असार मसान्तमा ४२ खर्ब एक अर्ब रुपैयाँ रहेको निक्षेप असोज ८ सम्ममा आइपुग्दा ४१ अर्ब ८० अर्ब रुपैयाँ  पुगेको छ  । साउन मासान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपैयाँ  पुगेको थियो भने भदौ मासान्तमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ  पुगको पनि तथ्यांकले देखाएको छ । 
असार मसान्तमा बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ  थियो । यस्तो कर्जा लगानी साउन मसान्तमा ३७खर्ब ६४ अर्ब र भदौ मसान्तमा ३८ खर्ब ७२ अर्ब रुपैयाँ  पुगेको पनि तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।