logo

बैंकर्स संघको निर्वाचन कात्तिकमा 

साधारणसभाबाट अध्यक्ष नयाँ आउने, पाँच सदस्यको निर्वाचन हुने

    1153   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्वाचन आगामी कात्तिकमा हुने भएको छ । निर्वाचनसँगै हुने वार्षिक साधारणसभाले अध्यक्षसहित ६ जना सदस्यहरुको निर्वाचन गर्ने छ ।
संघले कात्तिक अन्तिममा साधारणसभा गर्ने टुङ्गो गरेको छ । अध्यक्ष भुवन दहालको २ बर्षे कार्यकाल पुरा हुँदैछ । त्यसैले आगामी साधारणसभाले नयाँ अध्यक्ष छनोट गर्ने छ । संघका बहालवाला उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने चलन चार बर्षयता चल्न थालेको छ । अहिले उपाध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय छन्। उनलाई नै स्वत अध्यक्ष बनाउनु पर्छ भन्ने एकथरी छन् ।
तर, सरकारी बैंकले समग्र बैंकहरुको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निजी क्षेत्रबाटै अध्यक्ष बनाउनुपर्छ भन्ने मत पनि अघि आएको छ । यसअघि भारतीय लगानीको नेपाल एसबीआइ बैकका प्रमुख कार्यकारी उपाध्यक्ष हुँदा उनले समग्र नेपाली बैंकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै कार्यसमितिमा नभएका दहाललाई अध्यक्ष बनाइएको थियो।
संघको सदस्यका रुपमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको दुई बर्षका दरले दुई कार्यकाल पुरा भइसकेको छ । एउटै पदमा दुई कार्यकालभन्दा बढि बस्न नपाउने ब्यवस्थाका कारण यसमा निर्वाचन हुने छ । यसबाहेक सनराइज बैंकको प्रमुख कार्यकारीबाट बाहिरिएपछि जनक शर्मा पौडेलको सदस्य पद रिक्त छ । यो पदमा पनि निर्वाचन हुने छ।
नेपाल बैंकका कृष्णबहादुर अधिकारी, मेगा बैंककी अनुपमा खुँजेली र एनएमबि बैंकका सुनिल केसीको एक कार्यकाल पुरा भएको छ । उनीहरुले अर्को एक कार्यकाल दोहो¥याउन सक्छन् । त्यसो हुँदा पनि यो पदमा निर्वाचन हुने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।