logo

बैंकहरुले भोलीबाट ऋणको ब्याज बढाउँदै, घरजग्गा व्यवसायमा असर

    1109   पटक पढिएको

३१ भाद्र /अर्थ र व्यापार – पछिल्लो समय बजारमा तरलता अभाव भएसँगै बैंकहरुले आगामी १ असोजबाट लागू हुनेगरी निक्षेपको ब्याजदर बढाएका छन् । बैंकसँग कर्जा लगानी योग्य रकमको चरम अभाव भएपछि निक्षेप आकर्षित गर्न उनीहरुले ब्याजदर बढाउने नीति लिएका हुन् । 
तरलता संकट टार्न र ब्याजदर नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले पटकपटक रिपो जारी गरे पनि त्यो पर्याप्त देखिएको छैन । अन्तर बैंक ब्याजदर समेत साढे ४ प्रतिशतभन्दा बढी पुगेको अवस्थामा बैंकहरुले निक्षेप एक देखि १.५ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । बैंकहरुले बिहीबार सूचना प्रकाशित गरे ब्याजदर बढेको जानकारी दिएका हुन् । यसअनुसार नबिल बैंकले एकवर्षे मुद्दति निक्षेपको ब्याज ८.५१ प्रतिशत पु¥याएको छ । 
यसैगरि, सानिमा बैंकले ९.०१ प्रतिशत ब्याज दिने भएको छ । ब्याजदरमा सबैभन्दा अगाडि सनराइज बैंक देखिएको छ । यस बैंकले एक वर्षमाथिको मुद्दति निक्षेपमा १०.०७ प्रतिशत ब्याज दिने भएको छ ।
प्राइम बैंकले पनि एक वर्षको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज दिने सूचना जारी गरेको छ । कतिपय वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनीले भन्दा पनि बढी ब्याजदर दिने भएपछि तरलता संकट कति चर्को रहेछ भनी आकलन गर्न सकिन्छ । सरकारको बजेटमा देखिएको अन्योलले पनि तरलता संकट झनै बढ्ने आशंका छ । 
नियमित प्रक्रिया अनुसार बजेट पास गर्दा असोज महिनाभरि सरकारी खर्च नहुने अवस्था देखिएको छ । बैंकहरुले निक्षेपको ब्याज बढाउँदा कर्जाको ब्याज पनि सोही अनुपातमा बढ्ने देखिएको छ । यसबाट यसअघि नै घरजग्गामा लगानीका लागि कर्जा लिएका ग्राहकको ब्याजदर बढ्नेछ । 
जसले घरजग्गाको लागत पनि बढाउनेछ । तपाईंले निश्चित अवधिका लागि फिक्स ब्याजदरमा कर्जा लिनुभएको छ भने ब्याजदर वृद्धिको प्रभाव पर्नेछैन । तर बैंकको आधार दरमा केही प्रतिशत जोडेर ब्याज तिर्ने सम्झौता गर्नुभएको छ भने बैंकहरुले ब्याज बढाएर असुल गर्नेछन् ।
यसैगरि, घरजग्गा खरिद गर्न ऋण लिने सोचमा हुनुहुन्छ भने पनि थपिएको नयाँ ब्याजदर तिर्नुपर्नेछ । बैंकरहरुका अनुसार बैंकमा तरलता अभाव कम्तीमा चारपाँच महिना रहन सक्छ । त्यसपछि सरकारी खर्च बढेको अवस्थामा बिस्तारै ब्याजदर कम हुन सक्छ । त्यसैले तरलता अभाव भएको अवधिमा ऋणको ब्याजदर बढ्दा घरजग्गा कारोबारमा पनि केही न केही असर पर्ने सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।