logo

बैंकहरुले भोलीबाट ऋणको ब्याज बढाउँदै, घरजग्गा व्यवसायमा असर

    1451   पटक पढिएको

३१ भाद्र /अर्थ र व्यापार – पछिल्लो समय बजारमा तरलता अभाव भएसँगै बैंकहरुले आगामी १ असोजबाट लागू हुनेगरी निक्षेपको ब्याजदर बढाएका छन् । बैंकसँग कर्जा लगानी योग्य रकमको चरम अभाव भएपछि निक्षेप आकर्षित गर्न उनीहरुले ब्याजदर बढाउने नीति लिएका हुन् । 
तरलता संकट टार्न र ब्याजदर नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले पटकपटक रिपो जारी गरे पनि त्यो पर्याप्त देखिएको छैन । अन्तर बैंक ब्याजदर समेत साढे ४ प्रतिशतभन्दा बढी पुगेको अवस्थामा बैंकहरुले निक्षेप एक देखि १.५ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । बैंकहरुले बिहीबार सूचना प्रकाशित गरे ब्याजदर बढेको जानकारी दिएका हुन् । यसअनुसार नबिल बैंकले एकवर्षे मुद्दति निक्षेपको ब्याज ८.५१ प्रतिशत पु¥याएको छ । 
यसैगरि, सानिमा बैंकले ९.०१ प्रतिशत ब्याज दिने भएको छ । ब्याजदरमा सबैभन्दा अगाडि सनराइज बैंक देखिएको छ । यस बैंकले एक वर्षमाथिको मुद्दति निक्षेपमा १०.०७ प्रतिशत ब्याज दिने भएको छ ।
प्राइम बैंकले पनि एक वर्षको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज दिने सूचना जारी गरेको छ । कतिपय वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनीले भन्दा पनि बढी ब्याजदर दिने भएपछि तरलता संकट कति चर्को रहेछ भनी आकलन गर्न सकिन्छ । सरकारको बजेटमा देखिएको अन्योलले पनि तरलता संकट झनै बढ्ने आशंका छ । 
नियमित प्रक्रिया अनुसार बजेट पास गर्दा असोज महिनाभरि सरकारी खर्च नहुने अवस्था देखिएको छ । बैंकहरुले निक्षेपको ब्याज बढाउँदा कर्जाको ब्याज पनि सोही अनुपातमा बढ्ने देखिएको छ । यसबाट यसअघि नै घरजग्गामा लगानीका लागि कर्जा लिएका ग्राहकको ब्याजदर बढ्नेछ । 
जसले घरजग्गाको लागत पनि बढाउनेछ । तपाईंले निश्चित अवधिका लागि फिक्स ब्याजदरमा कर्जा लिनुभएको छ भने ब्याजदर वृद्धिको प्रभाव पर्नेछैन । तर बैंकको आधार दरमा केही प्रतिशत जोडेर ब्याज तिर्ने सम्झौता गर्नुभएको छ भने बैंकहरुले ब्याज बढाएर असुल गर्नेछन् ।
यसैगरि, घरजग्गा खरिद गर्न ऋण लिने सोचमा हुनुहुन्छ भने पनि थपिएको नयाँ ब्याजदर तिर्नुपर्नेछ । बैंकरहरुका अनुसार बैंकमा तरलता अभाव कम्तीमा चारपाँच महिना रहन सक्छ । त्यसपछि सरकारी खर्च बढेको अवस्थामा बिस्तारै ब्याजदर कम हुन सक्छ । त्यसैले तरलता अभाव भएको अवधिमा ऋणको ब्याजदर बढ्दा घरजग्गा कारोबारमा पनि केही न केही असर पर्ने सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।