logo

बैंकहरुले गर्ने आपसी सापटी कारोबार अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुग्यो 

ब्याजदर बढ्ने 

    1903   पटक पढिएको

२९ भाद्र /अर्थ र व्यापार – बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै यस्तो कारोबारको व्याजदर ब्याजदर बढेको हो । 
बैंक तथा वित्त कम्पनीहरुले गत २६ भदौसम्म ४५ खर्ब ३४ अर्ब १३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने बैंकिङ प्रणालीमा २५ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ लगानी योग्य रकम रहेको छ । सो रकम बैंकहरुले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । 
बैंक तथा वित्त कम्पनीहरुले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरमा राख्नुपर्ने हुन्छ । गत २६ भदौसम्म संकलित निक्षेपबाट बैंक तथा वित्त कम्पनीले १ खर्ब ३५ अर्ब ५९ करोड रुपैयाँ सीआरआरमा राखेका छन् । सीआरआरमा बैंक तथा वित्त कम्पनीहरुले दैनिक संकलित कुल निक्षेपको ३ प्रतिशत जम्मा गर्नुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान छ ।
चालु आर्थिक वर्ष २०७८/ ७९ को शुरुवातमा बैंकिङ प्रणालीमा १ खर्ब २५ अर्ब रुपैयाँ बढी अधिक तरलता थियो । जुन समयमा बैंकहरुको आपसी सापटी कारोबार ब्याजदर समेत ०.२४ प्रतिशतमात्र थियो । 
यसबीचमा बैंकहरुले निक्षेप समेत १ खर्ब ११ अर्ब २४ करोड ४२ लाख रुपैयाँले घटेको छ । निक्षेप घटेपनि कर्जाको माग भने बढ्दा प्रणालीमा तरलता संकुचन हुँदै जाँदा बैंकहरुले आफ्नो गर्जो अन्तर बैंक सापटी कारोबारबाट टार्न खोज्छन् । यसले यस्तो सापटी कारोबारको माग बढेसँगै ब्याजदर समेत बढाएको हो ।
अन्तर बैंक कारोबार बैंकहरुले आफ्नो संस्थामा आवश्यकता अनुसार रकम नहुँदा अर्को बैंकबाट निश्चित प्रतिशत ब्याज दिएर ७ दिनसम्मको लागि सापटी लिन पाउँछन् । प्रायजसो दैनिक प्राप्त निक्षेप बराबरको रकम कर्जा प्रयोजन वा अन्य स्टेटमेन्टमा प्रयोग भएको अवस्थामा सीआरआरमा राख्नु पर्ने पैसा मौज्दात नहुँदा बैंकहरुले अन्तर बैंक सापटी लिने गर्छन् । 
यस बाहेक बैंकहरुले पास भइसकेको कर्जामा भुक्तानी गर्न समेत अन्तर बैंक सापटी लिने गर्छन् । तर, अन्तर बैंक सापटीबाट प्राप्त रकमबाट भने बैंकहरुले ऋणीलाई नयाँ कर्जा दिन पाउँदैनन् । त्यसकारणले गर्दा बैंकहरुले स्रोत ब्यवस्थापमा ध्यान दिँदै निक्षेपको ब्याजदर बढाउन आवश्यक पर्ने सम्बन्धीत क्षेत्रका सोकारवालाहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।