logo

इन्फिनिटी लघुवित्त र नेपाल एग्रोले भदौ ४ देखि एकीकृत कारोबार गर्ने

    1593   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले भदौ ४ गते शुक्रबारबाट एकीकृत कारोबार गर्ने भएको छ ।

इन्फिनिटीले नेपाल एग्रोलाई १ः०.९८ को स्वाप रेसियोमा प्राप्त गर्न लागेको हो । अर्थात नेपाल एग्रोको १० कित्ता शेयर हुने शेयरधनीले एक्वीजिशनपश्चात इन्फिनिटी लघुवित्तको ९.८० कित्ता शेयर प्राप्त गर्नेछन् ।

नेपाल राष्ट्र बैंकले साउन १५ गते, शुक्रबार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई साउन १५ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते नेपाल एग्रो लघुवित्तकाको अन्तिम दिनसम्मको स्म्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व प्राप्ती गर्ने इन्फिनिटीले सकार्ने गरी बिलय गर्न स्वीकृती दिएपछि एकीकृत कारोबारको मिति तय भएको हो ।

दुई संस्थाले २०७७ माघ २६ गते, आइतबार प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

एकीकृत संस्थाको नाम इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र रजिष्टर्ड कार्यालय नवलपुर जिल्ला, गैँडाकोट नगरपालिका वडा नं. २, कालिगण्डकी चोकमा रहने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।