logo

राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो

    1279   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा १९९ प्रतिशतले बढेको छ । 

कम्पनीले बुधवार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको हो ।

अभिल्लो आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू.४ करोड ९५ लाख ६९ हजार नाफा कमाएको हो ।

गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि, सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफा बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल कयापिटललाई नियुक्त गरेको छ।

हालसम्ममा कम्पनीले ३६ ओटा जिल्लामा ८५ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।