logo

भदौ २९ देखि समिट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद विक्रीमा

    1053   पटक पढिएको

१५ भदौ / अर्थ र व्यापार – समिट माइक्रोफाइनान्सले भदौ २९ गतेदेखि शतप्रतिशत हकप्रद विक्री गर्ने भएको छ । माइक्रोफाइनान्सले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

माइक्रोफाइनान्सले हकप्रद प्रयोजनका लागि भदौ नौ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । भदौ आठ गतेसम्म कायम सेयरधनीले मात्र माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न पाउने छन् ।

माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । माइक्रोफाइनान्सका सेयरधनीले सानिमा क्यापिटलको कार्यालय नक्साल तथा समिट माइक्रोफाइनान्सका सबै कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछ । 

त्यसै गरी सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, बीरगञ्ज र जनकपुर शाखाबाट पनि हकप्रदमा आवेदन गर्न सकिन्छ ।

माइक्रोफाइनान्सको हकप्रद निष्काशन कात्तिक एक गते बन्द हुनेछ । हाल ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।