logo

बैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै १० प्रतिशत ब्याजको ऋणपत्र, अबदेखि बर्षैभरी जारी गरिने 

    1219   पटक पढिएको

२७ मंसिर / अर्थ र व्यापार -  नेपाल राष्ट्र बैंकले आउँदो १ गतेबाट वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ। वर्षैभरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने नीति अनुरूप पहिलो चरणमा करिव २५ करोडको निष्काशन गरिने भएको छ।

सरकारले वर्षभरीमा आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रूपैयाँ उठाउने लक्ष्य राखेको छ। यसमध्ये एक अर्ब रूपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने योजना बनाएको छ।

वर्षैभरी निष्काशन गर्ने नीतिअनुसार पहिलो चरणमा २५ करोड हाराहारी जारी गरिने छ। यसको ब्याज दर १० प्रतिशत हुने छ। ब्याज भुक्तानी प्रत्येक ६र६ महिनामा हुनेछ।

’पछिल्लो १० वर्षको अवधिमा ऋणपत्रको बिक्री ५ प्रतिशत मात्रै देखियो। निश्चित समयमा मात्रै जारी गर्दा पर्याप्त प्रचारप्रसार हुन सकेन र बिक्री भएन,’ राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बिजमाण्डूसँग भने, ’त्यही भएर हामीले वर्षैभरी बिक्री गर्ने नीति लिएका हौं। यसो हुँदा प्रचारप्रसार गर्न सकिन्छ।’

विदेशमा काम गर्न गएका नेपालीहरुलाई लक्षित गरि ऋणपत्र जारी गरिँदै आएको छ। यो ऋणपत्र वैदेशिक रोजगारमा गएकाहरूको परिवारले नेपालमै पनि खरीद गर्न सक्छन्। विदेशमा कमाएको पैसालाई नेपालमा लगानी गर्न सकियोस् भन्ने हिसाबले ऋणपत्र जारी गरिँदै आएको छ। तुलनात्मक रूपमा उच्च ब्याज दिँदा पनि यसमा आकर्षण भने देखिएको छैन।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।