logo

एनआइसी एसियाको नाफा एक अर्ब ४६ करोड 

    1282   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – गत आर्थिक वर्षमा एनआइसी एसिया बैंकले एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा गरेको छ । २८ वाणिज्य बैंकमध्ये सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको बैंकले अघिल्लो वर्ष एक अर्ब ६ करोड रुपैयाँ मुनाफा गरेको थियो ।  

बैंकले गत आर्थिक वर्षमा ८५ अर्ब २८ करोड रुपैयाँ स्वदेशी निक्षेप संकलन गरेको थियो भने अघिल्लो अर्थिक वर्षमा यस्तो निक्षेप ६७ अर्ब ५७ करोड रुपैयाँ मात्र थियो ।

बैंकले गत आर्थिक वर्ष ७१ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको ऋण लगानी ५८ अर्ब ४५ करोड रुपैयाँ थियो । बैंकले गत आर्थिक वर्षमा खुद व्याज आम्दानी २ अर्ब ५३ करोड रुपैयाँ गरेको छ । 

बैकको एक वर्षमा ५ अर्ब ७७ करोड रुपैयाँबाट ६ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । बैंकले बाँकी पूँजी बोनस सेयर वितरण गरेर पुर्याउने भएको छ । बैकको जगेडा कोषमा एक बर्षमा एक अर्ब ६० करोड रुपैयाँबाट बढेर तीन अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । 

बैंकको पूँजी कोष अनुपात गत आर्थिक वर्षमा १३.९५ प्रतिशत रहेको छ । बैंकको गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा ०.७६ प्रतिशतबाट घटेर ०.३६ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।