logo

लघुवित्तले ४४ हजार ऋणीबाट डेढ अर्ब उठाउन बाँकी

    1736   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - सञ्चालनमा रहेका ५० वटा लघुवित्त कम्पनीले ४४ हजार ऋणीबाट व्याज सहित १ अर्ब ६४ करोड रुपैयाँ कर्जा असुल गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको (चालु आवको तेस्रो त्रैमास (गत चैत) सम्मको तथ्यांकले यस्तो देखाएको हो । कम्पनीहरुको भाका नाघेको कर्जा ९५ करोड २२ लाख रुपैयाँ रहेको छ भने उठाउन बाँकी व्याज ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै भाका नाघेको कर्जा नेपाल ग्रामिण बिकास बैंकमा रहेको छ । कम्पनीको ३५ करोड रुपैयाँ बराबरको कर्जाको भाका नाघेको छ । कम्पनीले २० हजार ८ सय १३ जनाबाट यो कर्जा असुल गर्न बाँकी रहेको हो । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाले १ हजार ४ सय ४४ जनाबाट ८ करोड ७३ लाख, स्वावलम्बन लघुवित्त बिकास बैंकले ३ हजार ३ सय ९४ बाट ५ करोड ९९ लाख उठाउन बाँकी रहेको छ ।

लघुवित्तहरुले १ अर्ब ६७ करोड रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था गरेका छन् । नेपाल ग्रामिण बिकासले सबैभन्दा धेरै ३४ करोड ८९ लाख रुपैयाँ नोक्सानी व्यवस्थाको लागि छुट्याएको छ । कम्पनीहरुले यो अवधिसम्ममा कुल ४ खर्ब ७७ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । लघु व्यवसाय अन्तरगत ३ खर्ब ८७ अर्ब, धितोमा दिइने लघु उद्यम कर्जा ३१ अर्ब ८२ लाख रुपैयाँ र ५७ अर्ब ८५ करोड अन्य कर्जा लगानी गरेका छन् ।

यी कम्पनीबाट चैतसम्ममा १५ लाखले कर्जा पाइरहेका छन् । कर्जा लगानीबाट कम्पनीहरुले २९ अर्ब ४२ करोड रुपैयाँ व्याज आम्दानी गरेका छन् । यी कम्पनीहरुले २२ लाख २८ हजार बचतकर्ताबाट ३१ अर्ब १२ करोड रुपैयाँ बचत संकलन गरेका छन् । अनिवार्य बचतबाट ९ अर्ब ८ करोड संकलन भएको हो । कुल कर्जाको तुलनामा बचत रकम मात्रै ११.६८ प्रतिशत हो ।

कर्जा लगानीको लागि लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकबाट सापटी पाउने गरेका छन् । वाणिज्य बैंकहरुले विपन्न वर्गमा लगानी गर्नैपर्ने ५ प्रतिशतमध्ये २ प्रतिशत बराबर रकम आफैले गर्न पर्ने गरेर राष्ट्र बैंकले हालै यसमा केही कडाई गरेको छ । यसको लागि भने केही अवधि (२०७५ असारसम्म) दिइएको छ । कम्पनीहरु मार्फत् बचत तथा कर्जा लगानीको लागि गठन भएका समूहको संख्या ४ लाख ३३ हजार पुगेको छ । यसरी गठन भएका मध्ये ४ हजार ९ सय २६ समूह भने निष्क्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।