logo

अब मासिक ०.९५ ब्याजमै एनआइसी एसियाको घर कर्जा

    1659   पटक पढिएको

९ असोज / अर्थ र व्यापार – एनआइसी एसियाले दसैंतिहारलाई लक्षित गरेर घर कर्जा स्किम ल्याएको छ । बैंकले घर तथा जग्गा खरीद गर्न, घर बनाउनका लागि ऋणको स्किम ल्याएको हो । ’एनआइसी एसिया बैंकको दसैंतिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना ल्याएको बैंकले जनाएको छ । 

मासिक ब्याज ०.९ प्रतिशत रहेको घर कर्जा ल्याएको हो । ग्राहकले घर कर्जाका लागि आवश्यक सबै कागजपत्र उपलब्ध गराएको तीन कार्य दिनभित्रै ऋण उपलब्ध गराउने छ । ब्याज वाहेक प्रोसेसिङ शुल्क, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचनालगायतका कुनै पनि शुल्क ग्राहकले तिर्नु पर्दैन ।

अरु बैंकमा घरजग्गा ऋण भए त्यो स्वाप गरेर एनआइसी एसियामा ल्याउन सकिन्छ । कर्जाको अवधि २५ बर्षसम्मको हुने छ । दुई बर्षसम्म बैंकले ब्याज दर नबढाउने विज्ञप्तिमा उल्लेख गरेको छ ।

कर्जाका लागि अनलाइनबाटै बैंकको वेवसाइटमार्फत कर्जा पाउने योग्य छ र छैन जाँच गर्न सकिने सुविधा पनि उपलब्ध छ । किस्ता वा ब्याज मात्र, कसरी भुक्तानी गर्ने त्यो सुविधा पनि उपलब्ध छ । ग्राहकले आवश्यकता अनुसार घर कर्जा आवधिक वा ओभरड्राफ्टका रुपमा पनि लिन सक्ने छन् ।

घर कर्जासँगै सवारी साधन कर्जा पनि उपभोग गर्न चाहने ग्राहकलाई गाडीको कर्जाको अवधि पनि घरकै जति २५ बर्षको हुने छ । गाडी मात्र लिन चाहने ग्राहकसँग पनि बैंकले कुनै पनि शुल्क तथा दस्तुर नलिने जनाएको छ । बैंकले समुन्नती बचत खातामा बार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । बैंकका १२५ शाखा, ४ एक्सटेन्सन काउन्टर र ११९ एटिएम सञ्चालनमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।