विगत लामो समयदेखि जटिल समस्याको रुपमा रहेको ‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत भएका छन ।
नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ ।
नक्कली कागजात बनाएर विदेश पठाउने ५३ वटा म्यानपावर कम्पनीहरु कारबाहीमा परेका छन ।
सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।
सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बिमलप्रसाद ढकाललाई संघको तदर्थ कार्यसमितिको संयोजक तोकेको छ ।
वैदेशिक रोजगार बोर्ड पनि नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा आबद्ध भएको छ ।
श्रम सम्झौता गरेको दुई वर्ष १ महिनापछि बल्ल ९९ जना नेपाली कामदार इजरायल जाने भएका छन् ।
वैदेशिक रोजगारीमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यका लागि सहजीकरण गर्न स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सय दिने कार्यकालको अवधिमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
नेपाल राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारका लागि थप सटही सुविधा दिने भएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीका लागि कोरिया जाने कामदारहरूका लागि सटहीको फरक व्यवस्था गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।
टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ । जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् ।
शुक्रबारदेखि काठमाडौंमा नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको छ । कतारसँग भएको श्रम सम्झौता अनुसार गठित समितिको बैठक काठमाडौमा शुरु भएको हो । जसका लागि बिहीबार कतारको उच्च श्रम क्षेत्रमा अधिकारीहरुको समुह नेपाल आएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले सामाजिक सुरक्षा कोषमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सहजै आबद्ध हुने वातावरण सिर्जना गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषको चौथो सामाजिक सुरक्षा दिवसको अवरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन ।
कोरोनाको संक्रमणदर विस्तारै कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन ।
कोरोनाको संक्रमणदर कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा संस्थागत रुपमा विभिन्न म्यानपावर कम्पनीहरु मार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ । श्रममन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त छलफल गरेको हो ।
सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरुसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाईएको छ । अहिले भाषा परिक्षा उत्तिर्ण भई इजरायल जाने सबै प्रक्रिया पुरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रति कामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् ।
आगामी साताबाट इजरायल जाने नेपाली कामदारलाई नेपाल वायुसेवा निगमको विमानबाट लैजानेबारे छलफल शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच भएको भेटवार्तामा यस्तो तयारीबारे छलफल भएको हो ।