यसअघि बैंकहरुले निःशुल्क बीमा गर्ने भनेर गरेको प्रचारप्रचारमा मन्दी आउने भएको छ । यसका लागि बीमा समितिले ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गरेको छ ।
डिस होमले क्रेडिट सर्भिस लम्ब्याएर पाँच दिनसम्म पुर्याएको छ। आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि तीन दिन सम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि पाँच दिन पुर्याएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५०० व्यक्तिको सम्पत्ति तथा उनीहरुको दैनिक जीवन एवम् रहनसहनको छानबनि गरिरहेको छ ।
ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।
निजी क्षेत्रका ठेकेदारबाट भइआएको ढिलाइलाई रोक्न भन्दै सरकारद्धारा गठित ’नेपाल पूर्वाधार निर्माण कम्पनी’ पाँच महिनादेखि कामविहीन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पदभार ग्रहण लगत्तै घोषणा गरेअनुसार जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन सरकारद्धारा गठित कार्यदलले सिफारिस गरेको छ ।
चाबहिल - साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन् । सास्ती भएको भन्दै आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यो वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ।
अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् ।
नेपाल - भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा चयन भएकी छन्। बिहीबार भएको २५ औं वार्षिक साधारणसभाले उनलाई नेतृत्वका लागि चयन गरेको हो। राणा होटल संघ नेपालकी समेत अध्यक्ष हुन्।
पूर्वअर्थ सचिव रामेश्वर खनालले अहिले पनि केही अनावश्यक कानुनहरु रहेकाले त्यसलाई खारेज गर्नु पर्ने सुझाब दिएका छन्। बाझिएका कानुनहरुमा एकरुपता ल्याउनु पर्ने र अनावश्यक कानुनहरु खारेज गर्नु पर्ने खनालको तर्क छ।
बिद्युत चुहावटलाई ५ प्रतिशतमा झार्दै सेवा प्रवाह चुस्त पार्न विद्युत प्राधिकरण व्यवस्थापनले प्रदेश नम्बर ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ।
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मक रूपमा कम गर्ने कार्य शुरु गरेको छ। हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ।
सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत(संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ ।
रेष्टुराँ एण्ड बार एशोसिएशन पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख)सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ।
राजनीतिक व्यवस्था फेरिए पनि त्यस अनुकूल कर्मचारीतन्त्रमा परिवर्तन आउन नसक्दा सुशासन र भ्रष्टाचार अन्त्यका लागि काम हुन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।
डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाइएको समितिले अर्को साता आफ्नो रायसहितको सुझाब बुझाउने भएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले गठन गरेको समितिले अब श्रेष्ठसँग सोधपुछ गर्ने भएको छ। सोधपुछपछि आफ्नो सुझाब बुझाउने समितिको तयारी छ।
बीमा समितिले बीमाको पहूँच बृद्धि गर्न घुम्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ। केही ठाउँमा नमुना कार्यक्रम गरिसकेको समितिले यसलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन कार्य्विधि समेत बनाउने भएको छ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ।
सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसियन फेडेरेशन अफ एकाउन्ट्स साफा अवार्डबाट नेपालको महालक्ष्मी विकास बैंक सम्मानित भएको छ।
कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी छिन् । विद्या कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर विजय भएकी हुन् ।
नेपाल वायुसेवा निगमको बोइङ ७५७ (गण्डकी) खरिदका लागि तीनवटा अमेरिकी कम्पनीले चासो देखाएका छन्। निगमले १८ दिनअघि दर्खास्त आह्वान गरेको थियो । खरिदका लागि अमेरिकाका तीनवटा कम्पनीले चासो देखाएको निगमले जनाएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माणकार्य द्रुतरूपमा अगाडि बढेको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गरेको छ।