आयात घट्दाको असर सरकारको राजस्वमा परेको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुनैपनि महिना लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ ।
नेपाल विद्युत प्रधिकरण नेतृत्वले सुदूरपश्चिम प्रदेशअन्तर्गत हालको वितरण तर्फको विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य प्रादेशिक कार्यालयलाई दिएको छ।
होटलहरूको छाता संगठन होटल संघ नेपालले चीनको छेन्दुस्थित नेपालको पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरेको छ। पाँचदिने कार्यक्रममा व्यवसायीले नेपालका पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै चिनियाँलाई नेपाल घुम्न आउने निम्तो बाँडेका छन् ।
२१ औं पोखरा सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियनस(रेबान) पोखराको आयोजनामा लेकसाइडमा ३ किलोमिटर सडकमा महोत्सव गर्ने तयारी पुरा भएको छ ।
सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ।
अन्तर-आवद्धतावापत शुल्कको बक्यौता नपाएपछि दूर सय्चार प्राधिकरणमा उजुरी गरेको नेपाल टेलिकम अब अदालत जाने की नजाने भन्ने विषयमा अधिकारीहरू छलफलमा छन् ।
पछिल्ला दिनमा आर्थिक एवम् औद्योगिक नगरीका रूपमा स्थापित हुँदै गएको भैरहवा बुटवल क्षेत्रमा विद्युत्को माग बढ्दै गए पनि उद्योगीले मागेअनुसार ऊर्जा पाएका छैनन् । दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग, श्री स्टिलगायतले मागअनुसारको ऊर्जा नपाएपछि आफ्नै प्लान्ट राखेर उद्योग सञ्चालन गरिरहेका छन् ।
अघिल्लो साता श्रम सचिवलाई भेटेर सामाजिक सुरक्षा कोषका अप्ठेरा बुझाएर फर्किएको नेपाल उद्योग परिसंघको टोलीले बिहीबार श्रम मन्त्रीलाई भेटेको छ।
भ्रमण वर्ष २०२० सुरू हुनु एक महिनाअघि नेपाल पर्यटन बोर्डका मिडिया हेड र प्रवक्ताले पदबाट राजिनामा दिएका छन्।
दोलखास्थित १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लागेको छ। नेपाल बैंकको नेतृत्वमा पाँच संस्थाले परियोजनामा ऋण लगानी गर्ने भएका हुन्।
धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको प्रारम्भिक काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गतेसुरुङमार्ग निर्माणको शिलान्यास गरेका थिए ।
अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध भएका छन्। अध्यक्ष तथा १८ जना कार्यसमिति सदस्यहरुसमेत निर्विरोध निर्वा्चित भए।
भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ।
संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपाल औषधि लिमिटेडले ७ प्रकारका नयाँ औषधि उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ । औषधि उत्पादनका लागि नेपाल औषधि लिमिटेडले औषधि व्यवस्थापन विभागमा औषधिको नाम प्रस्थाव गरेको हो । औषधि व्यवस्था विभागले स्वीकृती दिए पछि नेपाल औषधि लिमिटेडले औषधि उत्पादन सुरु गर्ने छ ।
कैलालीमा भन्सार छलीका कपडासँगै एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सबै क्षेत्रमा चोर प्रवृति रहेको आरोप लगाउँदै उद्योग व्यवसाय क्षेत्रमा समेत रहेको जिकिर गरेका छन्।
हालै यातायात व्यवस्था विभागले ट्याक्सीमा नयाँ मापदण्ड लागु गरेको छ । नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ ।
सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो ।
घोराही उपमहानगरपालिकाले फालिएका प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु उपभोक्ताबाट खरीद गर्ने भएको छ । प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न बरू उपमहानगरपालिकालाई बेच्न उपभोक्तालाई आग्रह गरेको छ ।
एशियाली विकास बैंक(एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ।
नेपालको मानव विकास सूचकांङ्कमा स्थिरजस्तो देखिएको छ । गत बर्ष १४९औं स्थानमा रहेको नेपाल यसपाली १४७औं स्थानमा उक्लिएको छ। अघिल्लो बर्ष नेपालको स्थान १४८औं थियो।
अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले मोबाइल एप सार्वजनिक गरेको छ । मोबाइल एपको माध्यमबाट ट्याक्सी आफ्नो घर तथा कार्यालयमै बोलाउन मिल्नेगरी अब यात्रुले सेवा औपचारिक रुपमा सेवा सुरु गरेको हो । कम्पनीका अनुसार ग्राहकले आफ्नो मोबाइलमा ‘यात्रु’ नामक एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । एपसँगै फोन र एसएमएसको माध्यमबाट उक्त सेवा लिन सक्ने व्यवसस्था मिलाइएको कम्पनीले जनाएको छ ।
स्वीकृति नलिइ गरिएको विदेशी लगानीबारे सम्बद्ध पक्षसँग उद्योग विभागले जानकारी माग गरेको छ । २१ दिनभित्र जानकारी गराउन विभागले सार्वजनिक सूचना नै जारी गरेको छ।