logo

सचिवलाई भेटेको सातापछि परिसंघले श्रम मन्त्री भेटेर भन्यो - सामाजिक सुरक्षा योजनामा समस्या

    1342   पटक पढिएको

३ पुष / अर्थ र व्यापार - अघिल्लो साता श्रम सचिवलाई भेटेर सामाजिक सुरक्षा कोषका अप्ठेरा बुझाएर फर्किएको नेपाल उद्योग परिसंघको टोलीले बिहीबार श्रम मन्त्रीलाई भेटेको छ। भेटमा श्रम मन्त्री रामेश्व राय यादवले सामाजिक सुरक्षा कार्यक्रममा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन्। 

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनहरुसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सृजना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनु पर्ने समय आएको बताएका थिए। 

उनले स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालु उद्योगमा समेत परेको बताए। उनले रोजगारी सृजना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले साझेदारी गर्ने पनि बताए। उनले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि हस्तान्तरण गरेका थिए। 

उनले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि हुने बताए। अनि मात्र सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसक्ने मन्त्रीलाई बताएका थिए।  भेटमा मन्त्रालयका सचिव विनोद केसी, परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन सारडा सहित राष्ट्रिय परिषद् सदस्य नरेश दास पनि उपस्थित थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।