प्रभु बैंक लिमिटेडले ’युनियन पे’ कार्ड सञ्चालनमा ल्याउने भएको छ। बैंकले माघ १ बाट नयाँ कार्ड चल्ने भएकाले पुराना सबै साटिसक्न ग्राहकहरुलाई आग्रह गरेको छ।
सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। छिटोको अवधिमा बिक्री नभएपछि बैंकले बिहीबारसम्म बिक्री खुला गरेको थियो।
रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
बैंक तथा वित्तीय संस्थामा गलत नियत र कमजोर कार्य क्षमता भएका कर्मचारीहरु हावि भएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बताएका छन् ।
ज्योति विकास बैंकले आठ वर्ष यताकै उच्च लाभांश प्रस्ताव गरेको छ । बैकको बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
नेपाल पुनर्बिमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका लागि चारजना ’सर्ट्लिस्ट’ भएका छन्। प्रमुख कार्यकारी अधिकृत सिफारिश उपसमितिले आवेदन दिएका ६ मध्येबाट चार जनाको नाम अन्तिम सूचीमा राखेको हो।
जीवन बीमा कम्पनीको शेयरमा उल्लेख्य सुधार देखिए पनि बाणिज्य बैंकको शेयरमा सुधार हुन नसक्दा मंगलबार पनि बजारले गति लिन सकेन। सुरुदेखिनै बीमा कम्पनीले बजारको ‘लिड’ गरिरहेको थियो।
एनएमबि बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाएको छ। राइल्यान्डबाट आईएसओ पाउने एनएमबि पहिलो बैंक भएको दाबी समेत गरेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी चयन भएका छन्। सहसचिव अधिकारी असोज २० गते सेवाबाट अवकाश पाएका थिए।
नबिल बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । यस नबिल ग्राहक सेवा केन्द्रको शुभारम्भले ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ ।
नेपाल बंगलादेश बैंकले मर्जर र लाभांश अनुमोदनको मुख्य एजेण्डा राखेर बैंकको पच्चिसौं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा साधारण सभा बोलाएको हो।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बन्ने भएका छन् । इच्छुक उम्मेद्धार नपाइएकाले अहिलेका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई नै दोहोर्याउने पहल भइरहेका बेला दाहालले इच्छा देखाएपछि उनको नाममा सहमति बनेको हो ।
मेगा बैंक नेपालले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्रा्ष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्विकार गर्ने भएको छ। बैंकले बिज्ञप्ती जारी गर्दै आफू मास्टर कार्ड सञ्जालमा आबद्ध भएको जनाएको छ।
सिर्जना फाईनान्स लिमिटेडले बिक्री नभएको हकप्रद शेयर लिलाम गर्ने भएको छ। फाइनान्सले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीको चुक्ता पूँजी ४६ करोड ७ लाख रुपैयाँ छ ।
पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १४.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। फाइनान्सको मंसिर १३ गते बिहीबार बिहान बसेको संचालक समितिको ४७१ औं बैठकले लाभांश प्रस्ताव गरेको हो।
ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल गाभिएर आगामी २० गतेबाट एकिकृत कारोबार सुरु हुने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।
प्राइम बैंकलाई सर्वसाधारणले चिन्ने भनेको नेवार समुदायको बैंक भनेर हो । यो बैंकलाई व्यवसायीक चुनौतिका रुपमा पश्चिम तथा सुदुर–पश्चिम नेपालमा शाखा विस्तार गर्नु नै हो । विभिन्न समयमा बैंकले उक्त विषयमा छलफल समेत गर्दै आएको थियो । प्राइम बैंकले कैलाशलाई मर्ज गरेपछि बैंकको पूर्व नेपालमा झण्डै २० शाखा थपिने छन् ।
आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको हो ।
कैलाश विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १८.७७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
तत्कालिन श्रममन्त्री गोकर्ण विष्टलाई भेटेपछि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मनसायमा पुगेका बैंकर फेरि अन्योलमा परेका छन्। मंसिर पहिलो सातासम्म दर्ता हुने आश्वासन दिएर फर्किएका बैंकर विष्ट मन्त्री पदबाट बाहिरिएपछि अन्योलमा परेका हुन्।
प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते आइतबार छैठौँ वार्षिक साधारण सभा डाकेको छ ।
भु बैंक कुनैपनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा नजाने भएको छ । बैंकको साधारणसभाले मर्जरमा जाने विषयमा कुनैपनि निर्णय गरेन ।