सनराइज बैंकले आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांस दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको हो ।
कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा खैलाबैला मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि बिहीबार पुनः कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की आएको हो ।
चालु आर्थिक वर्ष (२०७८/२०७९) को सुरुवाती दिनहरुदेखि नै बैंक तथा वित्तीय संस्थामा देखिन थालेको तरलता (लगानीयोग्य पुँजी) अभावको संकट अहिले झन गहिरिँदै गएको छ ।
रेमिट्यान्सको १६ करोडभन्दा बढी घोटाला भएको सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले बुधबार साँझ ५ बजे सुवेदीसहित बैंकमा कार्यरत तीन जनालाई कार्यालयबाटै पक्राउ गरेको हो।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरूप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जाका लागि छुट्टै मागर्दशन जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले ’चालु पुँजी कर्जा सम्बन्धी एकीकृत मार्गदर्शन २०७८’ को मस्यौदा तयारी गरी तयसका लागि सुझाव मागेको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलतासँगै पुसको दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ ।
नेपाल बंगलादेश बैंकको सिनियर डेपुटी सीईओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई सञ्चालक समितिको गत ८ पुसमा बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सहकारी क्षेत्रमा तरलताको समस्या आउन नदिन बैंकको सञ्चालक समिति बैठकले कोष नै खडा गरेर काम गर्न थालेको हो ।
कर्मचारी सञ्चय कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोष सकारात्मक भएको प्रतिक्रिया दिएको छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोषको तर्फबाट कुनै अवरोध नभएको स्पष्ट पारेको हो ।
बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपको रुपमा देखाउन पाउने भएका छन् । तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न बैंकहरुले साविकको ५० प्रतिशतमा थप ३० प्रतिशत बढी रकम निक्षेप परिचालन गर्न पाउने भएका हुन् ।
लामो समयको प्रयासपछि बल्ल हिमालयन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान तयार भएको छ । हिमालयन बैंकको आइतबार बसेकोृ सञ्चालक समितिले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने र त्यसका लागि यही पुसभित्रै वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासकालागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ ।कोभिड–१९ महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न यस्तो सहयोग घोषणा गरिएको हो ।
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कंडेल नियुक्त भएका छन् । सोमबार बैंकको बैंक केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न बैंक सञ्चालक समितिको ३८५ औं बैठकले कंडेललाई नयाँ सीईओ नियुक्त गगरेको हो ।
एनएमबी बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बैंकको ब्राण्ड एम्बेसेडर रहेका अभिनेता पल शाहको विषेश उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता गरेको हो ।
वाणिज्य बैंकहरुले आगामी पुसमा निक्षेपको व्याज नबढाउने भएका छन् । बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनको शुक्रबार बसेको बैंठकले पुुस महिनाका लागि निक्षेपमा ब्याज नबढाउने सहमति गरेका हुन् ।
महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टर बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पछि यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेे ग्राहकहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने सो बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा उनका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७ सय ७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकोले उनका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १ सय २२ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।
नबिल बैकले ‘नबिल डिजिबैक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले पोर्टलको शुभारम्भ गरेका हुन् ।
वाणिज्य बैंकहरुमा मंसिर तेस्रो साता यता निक्षेप थपिन थालेको छ । मंसिरको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेकोमा तेस्रो सातामा भने ७ अर्ब थपिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनाको पहिलो साता वाणिज्य बैंकहरुबाट ८ अर्ब तथा दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप घटेको थियो ।