logo

बाढी र पहिरोले १६ वटा जलविद्युत् आयोजनामा क्षति, अझै क्षतिको विवरण आउन बाँकी

    368   पटक पढिएको


१३ असोज/अर्थ र व्यापार – बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
इप्पानका अनुसार मान्डु हाइड्रोपावरद्वारा प्रर्वधित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना र मकवानपुरको पावर हाउस पूर्णरूपमा डुबेको छ ।
पाँचथरको माउन्टेन हाइड्रो नेपालद्वारा प्रर्वधित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना जुन गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो, अहिले यसको पावर हाउस डुबानमा परेको छ ।
त्यस्तै पाँचथर पावरद्वारा प्रर्वधिधत १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना, जुन गत वर्षको बाढीले क्षतिग्रस्त भई पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा अहिले पुनः क्षतिग्रस्त बनेको छ ।
सोलुखुम्बुमा साहस ऊर्जाद्वारा प्रर्वधिधत ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुग्दा उत्पादन बन्द भएको छ ।
त्यस्तै इलामको सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धिधत ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति हुँदा उत्पादन बन्द भएको छ ।
इलामकै सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ ।
पाँचथरको १ मेगावाटको फेमे खोला जलविद्युत् आयोजनाको बाँध र विद्युतगृहमा पूर्णक्षति पुगेको छ । लमजुङको ५ मेगावाटको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।
त्यस्तै लमजुङस्थित ४० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र प्रोटेक्सन वालमा समेत क्षति पुगेको छ । धादिङस्थित २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत् आयोजनाको पहुँचमार्गमा ठूलो क्षति भएको इप्पानले जनाएको छ ।
नुवाकोटस्थित २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुगेको छ भने तीन वटा कन्टेनर बगाएको छ ।
पाँचथरस्थित १० मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ । पहुँचमार्गमा क्षति पुगेको प्रसारण लाइनको टावर ढलेको छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।
त्यसैगरी पाँचथरस्थित १५.१ मेगावाटको सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्ग बगेको छ । पावरहाउस पुरिएको छ भने बाँधमा क्षति र अस्थायी पुल बगाएको छ ।
पाँचथरकै ६.३ मेगावाटको सभाखोला सी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको देखिएको छ । कास्कीस्थित ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको समेत इप्पानले जनाएको छ ।
यसैगरी नुवाकोटस्थित १ सय मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजनाका दुई स्काभेटर, दुई लोडर र तीनवटा टिपर बगाएको छ । बेलिब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ । अझै धेरै जलविद्युत् आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाका विवरण प्राप्त हुन नसकेको इप्पानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।