logo

पीपीए रोकिएकामा ऊर्जा उद्यमीको आपत्ति 

    1080   पटक पढिएको

८ कात्तिक / अर्थ र व्यापार – ऊर्जा उद्यमीले सरकारको लक्ष्य अनुसार नै मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि लागिपरेको भएपछि पछिल्ला दिनमा देखिएका व्यवधानले आफूहरुलाई निराश बनाएको टिप्पणी गरेका छन् ।
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको तीन वर्ष पूरा भएको छ । यसबीचमा ऊर्जा उद्यमीले आक्रमक रुपमा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो पटक सरकारले आफूहरुको माग सम्बोधन नगरेको तथा विद्युत् खपत्का लागि कुनै योजना नबनाएका कारण थप समस्या खडा भएको उनीहरुको भनाई छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुई हजार मेगावाट बिजुली प्रणालीमा जोडिने वित्तिकै सरकार आत्तिएको बताए ।
उनीहरुले मुलुकम १० हजार मेगावाट भन्दा बढी बिजुली खपत हुने अवस्था भए पनि सरकारले आफूहरुको लगानीको संरक्षण गर्न नसकेको, एकपछि अर्को समस्या खडा गर्ने, सहजीकरण नगर्ने प्रवृत्ति हाबी भएको गुनासो गरे । इपानले गत ७ असोजमा मुख्यसचिवस्तरीय निर्णय गरेर जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र साथै विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौतामा प्रतिबन्ध लगाएकामा समेत इपानले आपत्ति जनाएको छ ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सात हजार ५०० मेगावाट क्षमता बराबरका आयोजना विद्युत् खरिद बिक्री सम्झौताको प्रतिक्षामा छन् । सरकारले नदी प्रवाही आयोजनाको कोटा पुगेको भन्दै विद्युत् खरिद बिक्री सम्झौता रोकेको छ । हाल सरकारी तथा निजी क्षेत्रका आयोजनाबाट झण्डै दुईहजार मेगावाट बिजुली प्रणालीमा जोडिएको छ । नदी प्रवाही आयोजनाले मनसुनको समयमा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने भएपनि हिउँदमा एक तिहाई क्षमतामा मात्रै बिजुली उत्पादन गर्छन् ।
सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी राखेको लक्ष्यमा नदी प्रवाही आयोजनाको क्षमता पाँच हजार २०० मेगावाट मात्रै राखेको छ । सो क्षमता भन्दा बढी विद्युत् खरिदबिक्री सम्झौता भएपछि नेपाल विद्युत् प्राधिकरणले रोकेको छ । त्यसमा अर्धजलाशय, जलाशय र वैकल्पिक ऊर्जाको हिस्सासमेत रहेको छ । पछिल्ला दिनमा केही ऊर्जा उद्यमी अर्धजलाशयुक्त आयोजनातर्फ आकर्षित भए पनि धेरैजसो नदी प्रवाही आयोजना निर्माणमा नै केन्द्रीत भएको उनीहरुको भनाई छ ।  
प्राधिकरणको प्रणालीमा प्राधिकरणको स्वामित्वमा रहेका आयोजनाले भन्दा निजी क्षेत्रका आयोजनाले बढी बिजुली उत्पादन गरेका छन् । आजको विवरण अनुसार प्राधिकरणको प्रणालीमा प्राधिकरणका आयोजनाबाट सात हजार ५६८ मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै, प्राधिकरणका सहायक कम्पनीका आयोजनाले चारहजार ७१५ मेगावाट घण्टा बिजुली उत्पादन गरेका छन् । यस्तै, निजी क्षेत्रका आयोजनाबाट १३ हजार ६७२ मेगावाट घण्टा बिजुली उत्पादन गरिरहेका छन् । 
अहिले भारतबाट बिजुली आयात भएको देखिदैन भने ९४२ मेगावाट घण्टा बिजुली निर्यात भएको छ । तर, माग भने घटेर मात्रै २६ हजार पाँच मेगावाट घण्टा मात्रै रहेको छ । इपानले सरकारको व्यवहार ऊर्जामैत्री नभएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत हुनुपर्ने काम मुख्यसचिव मार्फत हुन लागेकामा आपत्ति जनाएको छ । 
इपानका अध्यक्ष आचार्यले ऊर्जा मन्त्रालयको समग्र नेतृत्वले ऊर्जा उद्यमीको कुनै पनि मागको सम्बोधन नगरेको गुनासो गरे । उनले भने, ‘एकातिर विद्युत् खरिदबिक्री सम्झौता रोकिएको छ । अर्कोतर्फ सर्वेक्षण अनुमति समेत रोकिएको छ । यस्तै, उत्पादन अनुमति रोक्ने काम भयो । यो राम्रो भएन । हामी असाध्यै निराश भएका छौ । ’अध्यक्ष आचार्यले भने । इपानका अनुसार हाल निजी क्षेत्रले तीन हजार ५०० मेगावाटका आयोजना निर्माणका विभिन्न चरणमा छन् । 
यसैगरि, दुई हजार ५०० मेगावाट क्षमता बराबरका आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् । इपानले विद्युत् खपत बढाउनका लागि सहुलियत दरमा विद्युतीय चुलोे वितरण गर्न माग गरेको छ । मनसुनको समयमा बिजुली खेर जाने अवस्था भए पनि हिउँदमा अझै भारतबाट आयात गर्नुपर्ने अवस्था छ । भारतमा कोइलाको अभावका कारण ऊर्जा उत्पादनमा ठूलो गिरावट आएका कारण आगामी हिउँदमा नेपालले बिजुली पाउन मुस्किलपर्ने अवस्था उत्पन्न भएको छ ।
नेपालले बिजुली निर्यातका लागि पटक–पटक पहल गरेको भए पनि भारतले हालसम्म स्वीकृति नदिएकाले देशभित्रै खपतको वातावरण बनाउन समेत इपानले माग गरेको छ । इपानका उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारका निजी क्षेत्रलाई समेत समावेश गर्न तथा खुला विद्युत् व्यापार नीति कार्यान्वयन गर्नुपर्ने बताए । 
इपानका पूर्व उपाध्यक्ष शैलेन्द्र गुरागाईले सरकारले निजी क्षेत्रमैत्री व्यवहार नगरेको गुनासो गरे । उनले सात मन्त्रालय, २३ विभागमा प्रक्रिया पु¥याउन मात्रै लामो समय लाग्ने गरेकाले सहजीकरणका लागि पटक–पटक गरिएको उद्यमीको आग्रहलाई समेत सरकारले हालसम्म नसुनेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।