logo

लभ्लीहिललाई गन्तव्यस्थल बनाउन युवाको सङ्लगनता

    2427   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-नेपालको म्याग्दी स्थित सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन स्थानीय युवा सक्रिय भएका छन् । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्ली हिलमा पर्यटन विकास बोर्ड पोखराबाट पाँच लाख र एकलाख ५० हजारको जनश्रमदानबाट ४२ मिटरको रेलिङ र विश्रामस्थलका लागि गोलघर निर्माण सुरु गरिएको छ ।

सदरमुकाम बेनीबाट विश्राम र घुम्न जाने सुन्दर र आकर्षक गन्तव्य भएपनि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण मानिएको लभ्लीहिल क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारमा सरकारी निकायबाट समेत सहयोग भएपछि पूर्वाधार विस्तारले तीव्रता पाउने छ । सरकारी निकायबाट प्राप्त बजेटबाट बेनीबजार देखिने क्षेत्रमा रेलिङ र विश्रामस्थल बनाइएपनि अन्य पूर्वाधारका लागि थप बजेटको माग भइरहेको छ ।

स्थानीय तहको निर्वाचनलगत्तै बेनी नगरपालिकाले समेत नगर क्षेत्रभित्र रहेका आन्तरिक तथा सम्भावनायुक्त क्षेत्रमा पूर्वाधार विस्तारसहितको योजना बनाइरहेको छ । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रका साथै धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।