logo

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘घुमौं प्रदेश १’ अभियान सुरु

    1691   पटक पढिएको

१२ माघ/अर्थ र व्यापार– नेपाल पर्यटन बोर्डले प्रदेश १ मा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि ’घुमौं पूर्व प्रदेश नम्बर १’ अभियान सुरु गरेको छ ।

कोरोना महामारीका कारण बिदेशी पर्यटकको आगमन बन्द भएको अवस्थामा बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धन अन्तर्राष्ट्रिय बजारमा गरिँदै आएको बिजनेस टु बिजनेस (बी टु बी) छलफललाई देशभित्रै विस्तार गरेको जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचलित ब्यवसायी ब्यवसायी बीचको ब्यवसाय प्रवर्द्धन गरिने छलफल बीटुबीलाई नेपाली मोडेलमा प्रदेशको तहमा ब्यापक बनाउने उद्देश्यले यो अभियान आयोजना गरिएको बताए ।

गत शनिबारदेखि सञ्चालित यस अभियान जनकपुरबाट सुरु भएको बोर्डले जनाएको छ । प्रदेश १ का पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डसहित १३ सदस्यीय टोलीको सहभागितामा सुरु भएको अभियानमार्फत जनकपुर, चितवन, पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायी बीच बीटुबी छलफल गरिने बोर्डले जनाएको छ । 

बीटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पामा हुँदै मिति माघ १५ गते लुम्बिनीमा सम्पन्न हुनेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।