logo

टुर्गानको अध्यक्षमा तामाङ

    2103   पटक पढिएको

१२ माघ / अर्थ र व्यापार- टुरिष्ट गाईड एशोशियसन अफ नेपाल (टुर्गान) को वार्षिक साधारणसभाले केदार तामाङको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यक्रसमितिको वरिष्ठ उपाध्यक्षमा भाईकृष्ण खड्का, प्रथम उपाध्यक्षमा थानेश्वर देवकोटा, द्धितीय उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, महासचिवमा बद्रि नेपाल, सचिवमा ब्रमदेव शाक्य र कोषाध्यक्षमा कुमार पुरी रहेका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा यज्ञ बहदुर कार्की, विष्णु प्रसाद भट्टराई, मथुरा प्रसाद मानन्धर, राजेन्द्र बहादुर राई, दिपचन्द्र कालिका, शंकर भट्टराई र दिपक गिरी रहेका छन ।

टुर्गानको साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले पर्यटन क्षेत्रको समसामयीक समस्याका सम्बन्धमा एक हप्ता भित्र पर्यटनसँग सरोकार राख्ने संघ संस्था बीच गम्भीर छलफल गरेर पर्यटनको गति र दिशा निर्धारण गर्न पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । 

शुक्रबार राजधानीमा भएको टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) को २४ औं वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै उक्त कुरा बताए । उनले पर्यटन क्षेत्र गफगाफले मौलाएको भन्दै पर्यटनको ठोस एजेन्डा सहित आफ्नै रोहवरमा तमाम व्यवसायीहरुको समस्याको उजागर गर्न लागि परेको बताए । मन्त्री देवले आँफु काममा विश्वास गर्ने भाषणवाजीमा नलाग्ने आफ्नो स्वभाव रहेको प्रष्ट्याउँदै पर्यटन क्षेत्रमा अवैधानिक रुपमा कार्य गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन आफु तयार रहेको त्यसको लागि सबै व्यवसायीहरुले सहयोग गर्नको लागि अनुरोध समेत गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, टानका अध्यक्ष नवराज दाहाल, टुर्गानका पूर्व अध्यक्ष हरेराम बराललगायतले पर्यटन क्षेत्रले आशा लाग्दो दिशा दिन नसकेको भन्दै पर्यटनको क्षेत्रको समस्यामा पर्यटन मन्त्री गम्भिर हुनु पर्ने बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।