logo

पर्यटकको अभावमा पनि होटलको वृद्धि

    2079   पटक पढिएको

 

९ असार / अर्थ र व्यापार - सन् २०२० सम्ममा देशभरका ठूला होटलमा ४ हजार रुम थपिँदैछन् । केही नयाँ होटलहरु हालै मात्र सञ्चालनमा आएका छन् । मलबरी र फेयरफिल्ड म्यारियटले हालैमात्रै आफना् सेवा सुरु गरे । तर, सञ्चालनमा रहेका होटलको अकुपेन्सी राम्रो छैन । अहिले सञ्चालनमा रहेका होटलहरु नै नाफा कमाउन सक्ने स्थितिमा छैनन् । यस्तो अकुपेन्सीले होटलले नाफा कमाउन सक्दैन् रट सञ्चालनमा मात्रै हुन्छन् । होटलको संख्या बढेअनुरुप सरकारले पर्यटक भित्राउन सकेको छैन ।

सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ ।

यता भारतीय पर्यटकलाई लक्षित गर्दै अहिले नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान प्रभावहीन बनेको छ । चालु गर्मी सिजनमा भारतीय पर्यटकहरुको आगमन उत्साहजनक छैन । यो सिजनको होटल अकुपेन्सी मुख्य गरी भारतीय पर्यटकमै निर्भर रहन्छ । आफ्नो देशको चर्को गर्मी छल्न भारतीयहरु यतिबेला बढी संख्यामा नेपाल आउने गर्छन् । यही प्रवृत्तिलाई प्रोत्साहित गर्न पर्यटन बोर्डले ‘चलो नेपाल’ अभियान सञ्चालन गरेको थियो । तर, अभियानले भारतीयहरुलाई खासै छुन सकेको देखिँदैन ।

अहिले देशका ठूला घहोटलको अकुपेन्सी ४० देखि ४५ प्रतिशत मात्रै छ । जबकि भूकम्पअघिको वर्ष २०१४ मा अकुपेन्सी ६० प्रतिशत थियो । गत वर्ष नेपालमा साढे सात लाख विदेशी पर्यटक आएका थिए । यसका आधारमा तीन वर्षपछि २० लाखको लक्ष्य हासिल गर्न झण्डै तीन गुणा पर्यटक बढाउनुपर्ने छ, जुन अहिलेकै भौतिक पूर्वाधारबाट सम्भव देखिँदैन ।

भूकम्प अघिका वर्षहरुमा नेपालमा आउने कुल पर्यटकमध्ये ३० प्रतिशत भारतीय पर्यटक रहने गरेका थिए । तर अहिले यो लगभग २० प्रतिशतको हाराहारीमा झरेको छ । भारतीय पर्यटक उल्लेख्य मात्रामा नभित्रिदा मुख्य रुपमा होटल व्यवसायीहरुलाई मर्का परेको छ । अकुपेन्सी कमजोर भएका कारण होटल क्षेत्रले नाफा गर्न सक्ने स्थिति छैन । उनीहरुलाई सञ्चालन खर्चमै सीमित छन् ।

हुन पनि एकै वर्षमा १ हजारदेखि १५ सयसम्म होटलका कोठाहरु बढ्ने गरेका छन् । होटलको संख्या बढे पनि भौतिक पूर्वाधारको अवस्थामा भने खासै सुधार आउन सकेको छैन । खासगरी विमानस्थलको सुधार नगरेसम्म होटलमात्रै बढेर पर्यटक आगमनमा सुधार नआउने छ । अन्तर्रा्ष्ट्रिय विमानस्थलहरुको निर्माण र स्तरोन्नतिमा ढिलाइले पर्यटन उद्योगमा वाधा पुगिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।