logo

पर्यटन सेवा शुल्कले गरायो फाईदा, बोर्डको आम्दानी बढेर ८७ करोड

    1328   पटक पढिएको


८ माघ / अर्थ र व्यापार - काठमाडौँ,  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ ।

नेपालका उडान गरिरहेका अन्तर्रा्ष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो । बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शुल्कका रुपमा उठेको छ । सन् २०१६ मा त्यस्तो शुल्क रु ५७ करोड मात्रै उठेको थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा मात्रै करिब नौ लाख ४० हजार ६९३ पर्यटक नेपाल भित्रिएका थिए । त्यसमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक हवाई माध्यमबाट नेपाल आएका थिए । अन्तर्रा्ष्ट्रिय वायु सेवा प्रदायकले सो परिणामको रकम बुझाएका हुन् । तर केही वायु सेवा प्रदायकले भने सोही शुल्कसमेत तिर्न अटेर गरेका छन् । नेपालमा उडान गर्ने अन्तर्रा्ष्ट्रिय वायु सेवा प्रदायकले नेपाली र भारतीय नागरिकबाहेक अन्य विदेशी नागरिकसँग प्रतिव्यक्ति रु एक हजारका दरले पर्यटन सेवा शुल्क उठाउने गरिएको छ । आन्तरिक उडान गर्दा विदेशी नागरिकले त्यस्तो शुल्क तिर्नु पर्दैन ।

नेपालमा स्वदेशी दुईसहित ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानमा के कति मात्रामा पर्यटक आउँछन् वा जान्छन् सोही आधारमा शुल्कको परिमाण घटी, बढी हुने गरेको पाइएको छ । प्रत्येक महिना वायु सेवा प्रदायकले सो शुल्क बोर्डलाई बुझाउनुपर्छ । वायु सेवा प्रदायकलाई बोर्डले तीन प्रतिशत कमिसन सो शुल्क उठाएबापत प्रदान गर्ने गरेको छ । तर उक्त शुल्कको सदुपयोग नभएको भन्दै सरोकार भएका संस्था वा निकायले बोर्डको पारदर्शीतामाथि प्रश्न उठाउने गरेका छन् । बोर्डको प्रमुख आम्दानीका रुपमा उक्त शुल्क रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सोही शुल्क खर्च गर्ने गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

नेपालको पर्यटन प्रवद्र्धनमा ठोस कार्ययोजना ल्याउने हो र विदेशमा प्रचारप्रसार गर्ने हो भने उक्त शुल्कमा समेत थप बढोत्तरी हुने देखिएको छ । पर्यटन पूर्वाधारको विकास र नेपालको मौलिकताको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्ने आवाज उठेको छ । बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मार्फत रकम उठाउँदै आएको छ । समूहमा पदयात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार र व्यक्तिगत रुपमा जाँदा रु एक हजार शुल्क तिर्नुपर्छ । विसं २०६६ देखि उक्त रकम उठाउन थालिएको हो ।

बोर्डका निमित्त निर्देशक रोहिणी खनालका अनुसार सन् २०१५ मा रु १७ करोड १३ लाख ८४ हजार टिम्स शुल्क उठेको थियो । यस्तै सन् २०१६ मा रु १६ करोड ६४ लाख ३२ हजार उठ्दा सन् २०१७ मा रु १९ करोड ४० लाख ७७ हजार शुल्क उठेको छ । तर ती शुल्कको लेखापरीक्षण भने भइसकेको छैन । पर्यटक सेवा शुल्क र टिम्स नै बोर्डको वार्षिक बजेटको मुख्य स्रोत हो ।

सन् २०१८ का लागि बोर्डले रु एक अर्ब ३७ करोड २० लाख वार्षिक बजेट तय गरेको छ । सन् २०१७ मा रु एक अर्ब १२ करोड ५० लाख बजेट तय गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।