logo

चीनियाँ पर्यटकको वृद्धि गर्न नाट्टामा मेरो उम्मेदवारी : सदस्यका उम्मेदवार नेपाल

    5781   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा विगत करिब एक दशक देखि नेपालमा चनियाँ पर्यटकहरु भित्र्याउँदै आएका नेपाल विग माउण्टेन ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक सुदर्शन नेपालले सदस्य पदमा उम्मेदवारी दिएका छन । ट्रेकिङ एक्सप्लोरेशन ईन हिमालय प्रा.लि.का समेत प्रबन्ध निर्देशक रहेका युवा पर्यटन व्यवसायि नेपालले सि.एन.पाण्डे समुह वाट सदस्य पदमा उम्मेदवारी दिएका हुन ।

“नेपालमा वार्षिक रुपमा ५० लाख पर्यटक भित्र्याउने बहस भईरहँदा त्यसको ठूलो हिस्सा चीनियाँ पर्यटकहरु नेपाल भित्र्याउन नसके हामी त्यो संख्यामा पर्यटक नेपाल आकर्षित गर्न सक्दैनौं”–नेपालले अर्थ र व्यापार संग भने–“विगत लामो समय देखि नेपालमा चीनियाँ पर्यटकहरु भित्र्याईरहेको अनुभव नाट्टामा गएर प्रयोग गरौं भनेर मैले सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।”

हाल चीनको जनसंख्या १ अर्व ३० करोड रहेकोमा ७० करोड जनसंख्या ईन्टरनेटको पहुँचमा रहेकोले त्यसको केहि प्रतिशत मात्र नेपाल भित्र्याउन सके पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उनको विश्वास छ । त्यसको लागी दैनिक आठ वटा मात्र उडान रहेकोमा त्यसलाई वृद्धि गर्न आवश्यक रहेको उनले वताए । त्यसवाहेक नेपाल एयरलाईन्सले चीनका विभिन्न सहरहरुमा सीधा उडान गर्न सके त्यो निकै फलदायी हुने उनको विश्वास छ ।

त्यसवाहेक स्थलमार्गमा अहिले खुल्ला रहेको केरुङ नाकालाई व्यवस्थित गर्दै सडकको अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उनले वताए । त्यसवाहेक तातोपानी,मुस्ताङ र अन्य नाकाहरु सञ्चालनमा ल्याउन नाट्टामा गएर आँफुले पहल गर्न नाट्टामा आँफुले उम्मेदवारी दिएको उनले वताए ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।