logo

स्थानिय निकायहरुले उठाएको पर्यटन शुल्कको विरुद्धमा पर्यटन व्यवसायिहरु

    1660   पटक पढिएको

१९ असोज / अर्थ र व्यापार संवाददाता- देशका विभिन्न पर्यटकियस्थलमा त्यहाँको स्थानिय निकायले उठाउन थालेको पर्यटन शुल्कको विरोधमा पर्यटन व्यवसायिहरु एकजुट भएका छन । विहिवार ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) ले आयोजना गरेको “स्थानीय पर्यटन शुल्क : राष्ट्रिय पर्यटनमा असर तथा टिम्स सम्बन्धि अन्तरक्रिया” बोल्दै टानका अध्यक्ष चन्द्र प्रसाद रिजालले नेपालको पदयात्रा पर्यटन व्यवसाय अहिले निकै अप्ठ्यारो अवस्थामा रहेको वताए । रिजालले खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जस्तै शुल्क उठाउँदै जाने हो भने पर्यटन व्यवसाय पलायन हुने, नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्ने र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको गलत प्रचार हुने वताए । उनले यसरी गाउँपालिकाहरुले मनलाग्दी शुल्क उठाउँदा पनि पर्यटन मन्त्रालय चुप लागेर बस्दा आँफुहरु अचम्ममा परेको वताए ।

कार्यक्रममा बोल्दै टानका पूर्व अध्यक्ष तथा नेपाल पर्यटन व्यवसायि संघका अध्यक्ष दिपक महतले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको निर्णय अपरिपक्व भएको वताउँदै नेपाल पर्यटन वोर्ड ऐनका आधारमा सञ्चालनमा आएको टिम्स एउटा गाउँपालिकाले खारेज गर्न नसक्ने वताए । गाउँपालिकाले शुल्क उठाए पनि टिम्स नउठाउन उसले आदेश दिन नसक्ने उनको भनाई थियो ।

सोलुखुम्बू जिल्लाको खुम्बू पासाङ ल्हामू गाउँपालिकाले गत अक्टोबर १ वाट प्रति पर्यटक दुई हजार रुपैयाँ उठाउन थालेको छ । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समितिका सदस्य कृष्ण अर्याल लगायत पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले यहि अवस्था रहे पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।