logo

होटलमा खर्बौं लगानी : २९ वटा तारे होटल आउँदै

    2137   पटक पढिएको

१३ साउन / अर्थ र व्यापार – पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्रािष्ट्रय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् ।

पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाए पनि पर्यटन आगमनको सुनिश्चितता र पर्यटकीय पूर्वाधार पर्याप्त नहँुदा लगानी डुब्ने पो हो कि भन्ने जोखिम पनि कायमै रहेको छ । होटल एशोसिएशन नेपाल (हान)का अनुसार होटल क्षेत्रमा तीन खर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । करिब दुई खर्ब ५० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रमा पछिल्लो समय ५७ अर्ब रुपैयाँ थपिएको हो ।

सन् २०२० सम्म तारे होटलमा अरु चार हजार शय्या थपिनेछन् । अहिले सञ्चालित होटलका कुल शय्या ३८ हजार हो । सरकारले सन् २०२० भित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । पर्यटकीय पूर्वाधार निर्माणले भने गति लिन नसकेको छ । होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधारको अभावमा लगानी जोखिममा पर्नसक्ने खतरा रहेको छ ।

ठूला होटलले बैंकबाट ऋण लिएर लगानी गरेका छन् । सरकारले होटल, विमानस्थल, सडकजस्ता पूर्वाधार थपेर सेवा नदिने हो भने पर्यटक आउन मुस्किल छ । पर्यटक भएनन् भने होटलका कोठा कसरी भर्ने ? अहिलेकै अवस्था रहे ऋणसमेत डुब्ने खतरा छ । अहिलेको ‘अकुपेन्सी’ ७० प्रतिशत मात्रै हो, ठूला होटल थपिएपछि प्रतिस्पर्धा बढ्ने छ । ठूला होटलमा लगानीका अवसर र चुनौती दुबै भए पनि अहिलेकै अवस्थामा पूर्वाधारमा जोड नदिइए लगानी जोखिममा पर्नसक्ने छ ।  काठमाडौँलगायत पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख पर्यटकीय गन्तव्य र हिमाली क्षेत्रमा साना ठूला सयौँको संख्यामा नयाँ होटल र रिसोर्ट खुल्ने क्रम जारी छ ।

११ पाँचतारे, सात चारतारे र ११ तीनतारे गरी २९ वटा नयाँ होटल खुल्दैछन् । यस क्षेत्रमा लगानी बढ्नु समग्र पर्यटन क्षेत्रका लागि उत्साहजनक भएको छ । राजधानीका प्रस्तावित पाँचतारे होटलमा सिटी होटल कालीमाटी, होटल क्राउन इम्पेरियल रविभवन, एभरेस्ट हस्पिटालिटी नक्साल, जगदम्बा हस्पिटालिटी नक्साल र अकला होटल धुम्बाराही र होटल ली शेर्पा छन् ।

त्यस्तै, राजधानीबाहिर रारा परियोजना, होटल टाइगर वान रूपन्देही, होटल पवन प्यालेस लुम्बिनी, भेगास सिटी इन्टरटेन्मेन्ट र होटल मेची क्राउन झापा छन् । पछिल्लो आकाँडा अनुसार पर्यटन विभागमा दर्ता भएका होटलको संख्या ५८५ छ । विभागमा पाँचतारे १०, चारतारे तीन, तीनतारे ३१, दुईतारे ४३, एकतारे ३३ र पर्यटकस्तरका ४६५ वटा होटल दर्ता छन् ।
अन्तराष्ट्रिय चेन होटल तथा ठूला व्यापारिक प्रतिष्ठानले होटलमा ठूलो लगानी गरेका छन् । नयाँ होटलमा मात्र करिब ५७ अर्ब रुपैयाँ लगानी थपिएको छ । निर्माणाधीन अवस्थाका १० वटा होटल सन् २०१९ भित्र सञ्चालनमा आउनेछन् । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेको एमआइटी समूह होल्डिङ्सले करिब १२ अर्ब रुपैयाँको लगानीमा होटल शेराटन बनाइरहेको छ । यो सन् २०१९ भित्र सञ्चालनमा आउनेछ ।

ठमेलको छाँयादेवी सेन्टरमा बन्दै गरेको पाँचतारे होटलमा झण्डै पाँच अर्ब रुपैयाँको लगानी छ र यो सन् २०१८ सम्ममा सञ्चालनमा आउनेछ । नक्सालमा चार अर्ब रुपैयाँ लगानीमा बनिरहेको मेरियट होटल पनि २०१९ भित्रै सञ्चालनमा ल्याउने योजना छ । रुपन्देहीको कोटिहवामा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज समूहले निर्माण गरिरहेको टाइगर प्यालेस पनि पाँचतारे होटल हो । यसमा तीन अर्ब रुपैयाँ लगानी छ । भैरहवाको बालापुरमा पाँचतारे बोधि रेडसन होटल सञ्चालनको तयारीमा छ । बेलहियामा खोलिने नान्स होटल र पवन प्यालेसमा करोडौँको लगानी छ । सन् २०१९ भित्रै ती होटल खुल्नेछन् ।

पछिल्लो समय होटलमा लगानी बढेको बढ्यै छ, तर विदेशी पर्यटक आगमन भने खासै बढेको छैन । सन् २०१६ मा सात लाख २९ हजार ५५० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल आए । नेपाल पर्यटन वर्ष ९सन् २०११० मा सबैभन्दा बढी आठ लाख ३० हजार ९२ र लुम्बिनी भ्रमण वर्ष ९सन् २०१२० मा सात लाख ९७ हजार ६१६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

सुन्दर पर्यटकीय नगरी पोखरामा पर्यटक लक्ष्यित होटलमा व्यवसायीले एक खर्ब रुपैयाँ लगानी गरेका छन् । पोखरामा दुई पाँचतारे, १४ तीनतारे र अन्य पर्यटक स्तरीय होटेलको संख्या ४०० रहेको छ । ‘हिप्पी’ पर्यटकको आगमनसँगै सन् १९६० देखि पोखरामा पर्यटक आउन थालेको हो र सन् १९८० को दशकदेखि यहाँ पर्यटन उद्योग फस्टाउन थालेको छ । भूकम्पअघि झण्डै वार्षिक छ लाख ५० हजार पर्यटक पोखरा आउँथे । भूकम्पपछि त्यो संख्या घटेर लगभग तीन लाख ५० हजारमा झ¥यो । नेपालमा आउने कुल पर्यटकमध्ये लगभग ४५ प्रतिशत पर्यटक पोखरा घुम्न जान्छन् ।

नाकाबन्दी, भूकम्प र अस्तव्यस्त नारायणगढ–मुग्लिन सडकका कारण चितवनमा पर्यटक आगमनमा कमी देखिएको छ । त्यसकारण यहाँ होटलमा ठूलो लगानी हुन सकेको छैन । नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिका क्रममा पहिरो खसेर घण्टौँ सवारी आवागमन अवरुद्ध हुन थालेपछि चितवन आउने पर्यटक अन्यत्र जाने गरेका छन् ।

जिल्लाको सौराहा, पटिहानी, जगतपुर, मेघौली लगायतका क्षेत्रमा पर्यटकीय होटल छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु हेर्न स्वदेश र विदेशबाट पर्यटक आउँछन् । भूकम्प गएयता होटलमा लगानी घटेको छ । जग्गाबाहेक पर्यटकीय होटल निर्माणमा अनुमानित आठ अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । अहिले यहाँका व्यवसायी लगानी गर्न धेरै इच्छुक भए पनि ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ । सौराहामा पार्क सफारीमा करिब २० करोड, जगतपुर र पटिहानीमा ३५ करोड रुपैयाँको लगानीमा होटल खुल्दैछन् । साना होटल बन्ने र स्तरोन्नति हुने क्रम रहे पनि आक्रामक ढङ्गबाट होटलमा लगानी नभएको हो ।

शहरी क्षेत्रमा होटल धानिन सके पनि निकुञ्ज आसपासका पर्यटकीय होटल धान्न मुस्किल भएकाले थप होटल खोल्ने क्रम घटेको छ । भूकम्पअघि एकै साथ मेघौलीमा बाराही, मेघौली सेराई, जगतपुरमा टाइगरल्यान्ड, जंगल भिल्ला, कसरा रिसोर्ट, सौराहामा ल्यान्डमार्क, ग्रिनपार्क र सेभेन स्टारजस्ता ठूलो लगानीका होटल बने । त्यसयता ठूला होटल बनेका छैनन् ।

चितवनमा अन्तर्रा्ष्ट्रियस्तरका होटल पनि छन् । सिजी सफारी एन्ड टुर्स प्रालिले मेघौलीमा मेघौली सेराई ताज सफारीका नामबाट ठूलो होटल सञ्चालनमा ल्याएको छ । मेघौलीमै पछिल्लो समय खुलेको होटल बाराहीमा पनि  ३० करोडभन्दा बढी लगानी भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।