logo

हिमालयन ग्लासियरको ब्राण्ड एम्बेसडरमा कामिरिता शेर्पा नियुक्त,शेर्पाले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्ने

    1925   पटक पढिएको

२३ श्रावण / अर्थ र व्यापार संवाददाता- हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल कम्पनीले कम्पनीको प्रमुख एड्भेञ्चर कन्सल्टेन्ट तथा ब्राण्ड एम्बेसडरमा २४ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कामिरिता शेर्पालाई नियुक्त गरेको छ । बिहिवार आयोजित एक कार्यक्रममा हिमालयन ग्लासियरका अध्यक्ष सागर पाण्डे र आरोहि कामिरिता शेर्पाले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।


सम्झौतापश्चात कामिरताले आगामी दुई वर्ष सम्म हिमालयन ग्लासियरले सञ्चालन गर्ने सगरमाथा बेस क्याम्प, आईल्याण्ड पिक र किलिमन्जरोको साहसिक यात्राका सम्बन्धमा प्रमुख कन्सल्टेन्टको रुपमा भुमिका खेल्ने र अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्नेछन । सम्झौता कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सागर पाण्डेले विश्वले चिनेको र सम्मान गर्ने कामिरिता शेर्पालाई कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्न पाउनु कम्पनीका लागी गर्वको विषय भएको वताए । पाण्डेले पर्यटन क्षेत्र अव व्यवसायिक संस्कारका साथ अगाडी बढ्न नसकेमा नयाँ पुस्ता यो क्षेत्रमा आकर्षित हुन नसक्ने वताए ।


कार्यक्रममा बोल्दै शेर्पाले आँफुलाई विभिन्न विदेशी कम्पनीहरुवाट पनि प्रस्ताव आएको तर नेपालको कम्पनीमा नै काम गर्न र ब्राण्ड एम्बेसडर बन्न पाउनु खुशीको विषय भएको वताए । शेर्पाले गत मे महिनामा मात्रै २ पटक सगरमाथाको आरोहण गरेका थिए भने हालसम्म २४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।