logo

डोमेस्टिक टुरिजम मार्टको तयारी अन्तिम चरणमा

    1252   पटक पढिएको

११ बैशाख / अर्थ र व्यापार- गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते आयोजना गर्न लागेको डोमेस्टिक टुरिजम मार्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा डिटीएमका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र देश चिनाउने मुख्य उदेश्यका साथ एकै ठाँउबाट देशको सान झल्काउने हिसाबले डिटिएम आयोजना गरिएको वताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले डिटिएम सफलता उन्मुख रहेकोले आ–आफ्नो ठाँउबाट सहयोग गर्न आह्वान गरे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले डिटीएम नेपालको आन्तरीक पर्यटन प्रवद्र्धनको एउटा महत्वपुर्ण माध्यम बन्ने बिश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का पूर्व अध्यक्ष डिबी लिम्बु, गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालका पूर्व अध्यक्ष कमल सापकोटा, टानको पूर्व कोषाध्यक्ष गोपालबाबु श्रेष्ठ लगायतले डिटीएमको आवश्यक्ता औल्याउँदै यसलाई नमुना पर्यटकीय गतिबिधीका रुपमा अगाडि बढाउनु पर्ने वताए । डिटिएमका संयोजक माधबप्रकाश सुबेदीले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको भन्दै सरकारसँग हातेमालो गर्दै मेला सफल बनाउने वताए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।